इलाममा पहिरोमा परी ११ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

दियोपोस्ट संवाददाता  

काठमाडौँ । इलाममा अबिरल वर्षासंगै पहिरो जाँदा परी ११ जनाको मृत्यु भएको छ । इलाम नगरपालिका–६ र माइजोगमाइ मानेभञ्ज्याङमा गएराती ११ जनाको मृत्यु भएको हो ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल अनुसार इलाम नगरपालिका वडा नं.६ घोसका डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुर्दा दुई बालबालिकासहित एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।

यसैगरी माईजोगमाई गाउँपालिका–६ मा बर्मालाल सोग्मी परिवारका पाँच जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नेपालले बताइन् ।

त्यस्तै, सन्दकपुर गाउँपालिका–३ सुलुबुङमा कुमार सेढाईको परिवारका दुई सदस्य बेपत्ता छन् । माङ्सेबुङमा पनि पहिरोमा ५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्लामा बाढी पहिरोले क्षति पुर्‍याए पनि संख्या एकिन हुन नसकेको इलामका प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिइन् । पहिरोमा बेपत्ता भएकाहरुको बिहानैदेखि खोज तथा उद्धार कार्य जारी रहेको उनले जानकारी दिइन् ।

कठिन भूगोलका कारण प्रहरी पुग्न र तथ्यांक संकलन गर्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

prabhu bank Add