सप्तकोशीमा बज्यो खतराको घण्टी, ब्यारेजका सबै ढोका खोलियो

दियोपोस्ट संवाददाता  

काठमाडौं । सप्तकोशी नदीमा पानीको वहाव बढेसंगै खतराको तह पार गरेको छ । नदीमा बाढी आएपछि सप्तकोशी ब्यारेजका सबै ढोका खोलिएको छ ।

सप्तकोशी नदीमा खतराको तह बेलुकासम्म नै जारी रहने र जन धनको क्षती रोक्नका लागि ब्यारेजका सबै ढोका खोलिएको बताईएको छ ।

सप्तकोशी नदीका सहायक नदीहरु सुनकोशी, अरुण र तमोरमा पनि खतराको तह कायमै रहेको प्रहरीको भनाई छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तकोशीसंगै उदयपुर, सप्तरी र सुनसरीका नदी तटीय क्षेत्र उच्च जोखिममा रहेका छन् ।

बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले बाढीबाट जोखिममा परेका बासिन्दालाई उच्च सतर्कता अपनाउन मास एसएमएस पठाइएको जानकारी दिए ।

उनका अनुसार सुनसरी, मोरङ र झापा भएर बग्ने साना नदीहरु तथा झापाको कन्काई नदीको तटीय क्षेत्रमा पनि सतर्कता अपनाउन भनिएको छ ।

prabhu bank Add