अविरल वर्षाका कारण देशभरमा ३९ जनाले ज्यान गुमाए

दियोपोस्ट संवाददाता  

काठमाडौं । शनिबार र आइतबार दुई दिनसम्म परेको अविरल वर्षाका कारण ३९ जनाले ज्यान गुमाएका छन् । सशस्त्र प्रहरीको तथ्याङ्क अनुसार देशभरमा ३९ जनाले ज्यान गुमाएका हुन् ।

बाढी र पहिरोमा परि ११ जना बेपत्ता र १३ जना घाइते भएका छन् । सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार कोशीमा सबैभन्दा बढी ३६ जनाको ज्यान गएको छ । जसमध्ये इलाममा २७ जनाको ज्यान गएको छ ।

५ जना बेपत्ता छन् । उदयपुरमा २ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । त्यस्तै, खोटाङमा एक जनाको ज्यान गएको छ । ३ जना घाइते भएका छन् । पाँचथरमा ६ जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।

सोहीअनुसार मधेसको रौतहटमा ३ जनाको ज्यान गएको छ । बारामा एक जना बेपत्ता भएका छन् । त्यस्तै, बागमतीको रसुवामा ४ जना बेपत्ता भएका छन् । त्यस्तै काठमाडौेंमा एक जना बेपत्ता भएका छन्, मकवानपुरमा १ जना घाइते भएका छन् । पानी पर्नेक्रम जारी रहेकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

prabhu bank Add