काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकठेरीमा आफ्नै आमाको हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । आइतबार साँझ करिब साढे आठ बजे ३० वर्षीय यम कडेंल (जिरे)(सानोमुखे) ले आफ्नी ५४ वर्षीया आमा राममायाँ कडेंलको घाँटीमा धारिलो हतियार (खुँडा) प्रहार गरी हत्या गरेको आरोप छ ।
स्थानियका अनुसार घटनाअघि मृतक आमा राममायाले छोरा साह्रै विग्रियो ज्योतिषकोमा देखाउन पर्यो भनेपछि मेरो विषयमा ज्योतिषलाई किन देखाउने भन्दै बाबुलाई कुटपीट गरि आमालाइृ खुँडा प्रहार गरेका थिए ।
घटनास्थल अत्यन्त भयावह रहेको बताइएको छ । आमाको शरीर र टाउको छुट्टिने गरी हत्या भएकोले दुईवटा मुजुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङ ल्याइएको प्रहरीले जानकारी दिएको छ ।
घटनाको जानकारी पाएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरी टोली घरमा पुग्दा समेत हत्या अभियुक्त कँडेलले प्रहरीलाई नै दुर्व्यवहार गरेपछि प्रहरीले गोली प्रहार गर्ने तयारी गरेको थियो । प्रहरीले गोली प्रहार गर्ने बताएपछि उनी बाहिर आएका थिए ।
काठमाडौंमा ट्रेकिङमा भरियाको काम गर्दै आएका यमले प्रहरीलाई मेरो निधारमा गोली हान भन्दै हिँडेको भिडियो समेत प्राप्त भएको छ । उनले आफ्नो आँखामा डर नरहेको भन्दै प्रहरीलाई सिधै गोली हान्न भनेका छन् । उनै कँडेलले आफ्नी आमाको हत्या गरेको आरोप छ ।