पाल्पाको रैनादेबि छहरामा ‘इभी’ गाडी दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

दियोपोस्ट संवाददाता  

काठमाडौँ । रैनादेबि छहरा गाउँपालिका, वडा नं-४ स्थित भिरपानी भन्जाङमा ईभी गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बुटबलबाट पाल्पाको म्यालढाप जाँदै गरेको लु.प्र.००१ ज.००९१ नम्बरको इभी गाडी बुधबार बिहान ११ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा रैनादेबी छहरा वडा नम्बर ४ का इभी चालक ३४ वर्षिय कमल रायमाझी, म्यालढापका ३२ वर्षिय राम बहादुर गाह र रैनादेबी छहरा वडा नं. १ का ४५ वर्षिय मुक्ती बहादुर बुढाथोकीको मृत्यु भएको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष गोबिन्द बहादुर रायमाझीले जानकारी दिए ।

जिल्ला प्रहरीका कार्यालय पाल्पाका अनुसार गाडी अनियन्त्रित भई सडकबाट ५ सय मिटर तल खसेको थियो । गाडीमा ३ जना मात्रै सवारी रहेकोमा तीनै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक कमल प्रधानले जानकारी दिए ।

घटनाको अनुसन्धान भइरहेको प्रहरी निरिक्षक प्रधानले बताए ।

prabhu bank Add

ट्रेन्डिङ