राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने मन्त्रिपरिषद्को निर्णय

दियोपोस्ट संवाददाता  

काठमाडौं । सरकारले आगामी माघ ११ गते राष्ट्रिय सभामा रिक्त सदस्यका लागि निर्वाचन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदिश खरेलले २०७६ सालको निर्वाचनबाट निर्वाचित १९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल आगामी फागुन महिनामा समाप्त हुने भएकोले नयाँ निर्वाचनको आवश्यकता परेको बताए ।

तीमध्ये एक जना सदस्य वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत हुन् भने बाँकी १८ सिटका लागि मतदान हुनेछ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन अनुसार, पद रिक्त हुनु भन्दा कम्तीमा ३५ दिनअघि निर्वाचन सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था रहेकाले आगामी २० फागुनमा कार्यकाल समाप्त हुनुअगावै माघ ११ गते निर्वाचन हुने भएको हो ।

prabhu bank Add

ट्रेन्डिङ