काठमाडौँ । सरकार र राजनीतिक दलहरूसँग वार्ता गर्नका लागि १३ जना जेनजी प्रतिनिधिहरू सहभागी भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसार विभिन्न जेनजी समूहहरूबाट वार्ताका लागि १३ जना प्रतिनिधि सहभागी भएका हुन् ।
वार्तामा सहभागी भएका जेनजी प्रतिनिधिहरूमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपार्जन चाम्लिङ र भोजविक्रम थापा रहेका छन् ।
त्यस्तै, वार्तामा मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमीत खनाल र राजन रानामगर समेत सहभागी भएका प्रधाामन्त्री कार्यालयले जनाएको छ ।