चक्रवात ‘मोन्था’को प्रभाव : देशभर वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको संभावना

दियोपोस्ट संवाददाता  

काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभावका साथै पश्चिमी वायूको र अरव सागरमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण नेपालका बिभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको हो ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागमा अधिकांश बदली रही तराई भू-भागमा साधारणतया बदली रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका धेरै स्थान, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा पूर्ण बदली रही तराई भू-भागमा अधिकांश बदली रही धेरै स्थानरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहनुका साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

‘मोन्था’ चक्रवातको प्रभाव शनिबार बिहानसम्म रहने र देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिइन् ।

आगामी २४ घण्टा काठमाडौं उपत्यकाका साथै आसपासका क्षेत्रमा वर्षा हुने तर सबै ठाउँमा निरन्तर वर्षा भने नहुने उनले उनको भनाई छ ।

 

prabhu bank Add

ट्रेन्डिङ