कतारको राजा अमिर शेख नेपाल आइपुगे (फोटोफिचर)

दियोपोस्ट संवाददाता  

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । दुई दिने नेपाल भ्रमणमा आएका थानी मंगलबार अपरान्ह पौने ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

उनलाई विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन्। कतारी अमिर फिलिपिन्स र बङ्गलादेशको औपचारिक भ्रमण पूरा गरी आज नेपाल आइपुगेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार कतारका अमिरले आजै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नेछन्। थानीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग बुधबार द्विपक्षीय वार्ता भेटवार्ता गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।