एमालेले भोलि बस्ने प्रतिनिधि सभा बैठक अवरोध नगर्ने

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउका विरुद्ध संसद् र सडक दुवै माध्यमबाट विरोध जनाउने निर्णय गरे पनि तत्कालका लागि प्रतिनिधि सभा बैठक अवरोध नगर्ने भएको छ। एमालेले भोलि बस्ने भनिएको संसद अवरुद्ध नगर्ने भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटीले एमालेले भोलि बस्ने प्रतिनिधि सभा बैठक अवरोध नगर्ने बताएका छन्। उनका अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलबीच भएको छलफलमा एमालेको तर्फबाट संसद् अवरुद्ध गर्ने विषय उठाइएको थिएन। त्यसैले भोलिको बैठक नियमित रूपमा सञ्चालन हुने गरी वातावरण तयार गरिएको छ।

बुर्लाकोटीले भोलिको पहिलो बैठकमा सबै प्रमुख दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने सहमति भएको जानकारी पनि दिएका छन्।

यस घटनाले एमालेको विरोध रणनीतिमा लचकता देखिएको र संसदीय प्रक्रियालाई निरन्तरता दिने संकेत गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

सिफारिस