एमाले संसदीय दलको नेतामा रामबहादुर थापा (बादल) निर्विरोध निर्वाचित

दियोपोस्ट संवाददाता

काठमाडौं । रामबहादुर थापा (बादल) नेकपा एमालेको संसदीय दलको नेतामा निर्वाचित भएका छन्। बुधबार ललितपुरस्थित च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न निर्वाचनबाट उनी दलको नेतामा चयन भएका हुन्।

सुहाङ नेम्वाङले उम्मेदवारी फिर्ता लिएसँगै बादल दलको नेतामा निर्विरोध निर्वाचित भएका थिए । यससँगै अब उनले संघीय संसदमा एमाले संसदीय दलको नेतृत्व गर्नेछन्।

संसदीय दलको नेतामा निर्वाचत भएलगत्तै थापाले पार्टीलाई एकताबद्ध बनाउँदै प्रभावकारी संसदीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सरकारको कामकारबाहीलाई रचनात्मक रूपमा सहयोग तथा आवश्यक परे सशक्त प्रतिपक्षको भूमिका खेल्ने बताएका छन्।

यस निर्वाचनलाई एमालेभित्रको शक्ति सन्तुलन र आगामी राजनीतिक दिशा निर्धारणका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।