राष्ट्र बैंकले भोलि र पर्सि सुनका असर्फी र चाँदीको मेडालियन बिक्री गर्दै

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै सुनका असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्ने भएको छ । राष्ट्र बैंकको टक्सार महाशाखाले बिहीबार र शुक्रबार सर्वसाधारणका लागि सुनका असर्फी तथा चाँदीका मेडालियन बिक्रीमा राख्ने जनाएको छ।

सर्वसाधारणले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खरिद गर्न सक्नेछन् ।

महाशाखाका अनुसार प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान र १० ग्रामको चाँदीको मेडालियन खरिद गर्न सकिनेछ । सुनका असर्फी र चाँदीका मेडालियनमा लक्ष्मी र गणेशको चित्र कुँदिएको हुनेछ ।

सर्वसाधारणले खरिद गर्ने दिनको बजार मूल्यअनुसार असर्फी तथा मेडालियनको मूल्य तिर्नुपर्नेछ । महाशाखाले बिहीबार र शुक्रबार दुई दिन मात्रै बिक्री गर्ने जनाएको छ ।

असर्फी तथा मेडालियन खरिद गर्न जाने व्यक्तिले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर उल्लेख भएको अन्य कुनै प्रमाणपत्रको प्रतिलिपि साथमा लैजानुपर्नेछ ।

सम्बन्धित खबर

सिफारिस