तिहार फ्लोरा एक्सपो २०८३: ‘तिहारको उत्सव, फूलको महोत्सव’ (फोटो फिचर)

दियोपोस्ट संवाददाता

काठमाडौँ : नर्सरी व्यवसायी सङ्घ, नेपालको आयोजनामा “तिहार फ्लोरा एक्सपो २०८३” को समुद्घाटन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

“तिहारको उत्सव, फूलको महोत्सव” भन्ने मूल नारासहित आयोजित यस एक्स्पोले तिहार पर्वलाई लक्षित गर्दै विभिन्न किसिमका फूलहरू, बिरुवाहरू तथा नर्सरीसँग सम्बन्धित व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।  यस एक्सपोको लागि तयार पारिएको आकर्षक मञ्च र सजावटले तिहारको उल्लास र फूलहरूको महत्वलाई झल्काएको छ।

तिहार पर्व नजिकिँदै गर्दा फूल प्रेमीहरू र व्यवसायीहरूका लागि यो एक्स्पो एक महत्त्वपूर्ण आकर्षणको केन्द्र बनेको छ।