उपत्यकामा एकै दिन ६१३ सवारी चालक कारबाही

दियोपोस्ट संवाददाता

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन ६१३ सवारी चालकलाई कारबाही गरेको छ।

कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार मिति २०८३ कात्तिक १७ गते (मंगलबार) बिहान ६ बजेसम्मको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ६१३ सवारी चालकलाई कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७९ जना, सिट बेल्ट नलगाउने ३३ जना, रातो बत्ती उल्लंघन गर्ने १५ जना, तीव्र गतिमा सवारी चलाउने १४ जना र जथाभावी हर्न बजाउने ७ जना रहेका छन् ।

त्यस्तै, लेन अनुशासन उल्लंघन गर्ने ५ जना, अवस्था ठीक नभएको सवारी चलाउने ४ जना र एकतर्फी सडकमा विपरीत दिशाबाट सवारी चलाउने ३ जना कारबाहीमा परेका छन् । अन्य ट्राफिक नियम उल्लंघन गर्ने ३५३ जना पनि कारबाहीमा परेको कार्यालयले जनाएको छ ।