
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध सार्वजनिक जग्गा अनियमिततासम्बन्धी अर्को भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको छ ।
आयोगले मंगलबार रिजाल क्यानिङ कम्पनीको हदबन्दीभन्दा बढी जग्गा मन्त्रिपरिषद्को निर्णय गराएर सट्टापट्टाका नाममा बिक्री गरिएको प्रकरणमा नेपालविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार कम्पनीको हदबन्दीभन्दा बढी रहेको जग्गा मन्त्रिपरिषद्बाट निर्णय गराई सट्टापट्टाका नाममा बिक्री गरिएको विषयमा अनियमितता भएको छ ।
नेपालविरुद्ध यसअघि पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीको जग्गा अनियमितता प्रकरणमा पनि भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
पतञ्जलि प्रकरणमा तत्कालीन मन्त्रिपरिषद्को निर्णयबाट हदबन्दी छुटमा खरिद गरिएको जग्गा बिक्री तथा सट्टापट्टा गर्न स्वीकृति दिँदा अनियमितता भएको अख्तियारको आरोप छ ।
उक्त मुद्दा हाल विशेष अदालतमा विचाराधीन छ ।