‘पर्यटन व्यवशायी संगठन’ लुम्बिनी प्रदेश स्तरीय समिति गठन

Rita Budhathoki  

बुटबल । ‘बिकास र समृद्धिका लागि पर्यटन’ भन्ने नाराका साथ नेपाल पर्यटन व्यवशायी संगठन, लुम्बिनी प्रदेश समिति गठन गरिएको छ । लुम्बिनी प्रदेशको पर्यटन व्यवशाय र त्यसको संभावनालाई मध्यनजर गर्दै मोहन चौधरीको संयोजकत्वमा २५ सदस्यीय प्रदेश स्तरीय समिति गठन गरिएको हो ।

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाको प्रतिनिधित्व हुने गरि गठन गरिएको समितिमा रुपन्देहीका कमल आचार्य सचिबमा मनोनित हुनु भएको छ । त्यस्तै, सदस्यहरुमा हेमन्त प्रसाद आचार्य, पदमबीर थापा मगर, पृथ्वी पून, हरी बहादुर बिक, मोहन सिंह ठकुरी, लक्ष्मण बन्जाडे, पूर्ण बहादुर थापा, गुप्त प्रसाद पोख्रेल लगायत हुनु हुन्छ ।

लुम्बिनी प्रदेशमा पर्यटनको अथाह संभावना भएको र पर्यटनबाटै देशलाई समृद्धिको दिशातर्फ अगाडी बढाउनका लागि संगठित भएर लाग्नु पर्ने ऐतिहाशिक आवश्यकता रहेको हुँदा समिति निर्माण गर्नु परेको नेपाल पर्यटन व्यवशायी संगठनका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्चार्ज शोभाकर बन्जाडेले जानकारी दिनु भयो ।

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले नव गठित समितिका सबै पदाधीकारीलाई बधाई तथा शुभकामना दिनु भयो । उहाँले संगठनको औचित्य माथि प्रकाश पार्नु हुँदै लुम्बिनी प्रदेशमा पर्यटन ब्यवशायले छिट्टै फड्को मार्ने बताउनु भयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पर्यटन ब्यवशायी संगठनका इन्चार्ज टेक बहादुर बस्नेतले नेपालमा पर्यटनको संभावना र त्यसको अवस्थाका बारेमा जानकारी दिनु भयो । उहाँले पर्यटनले नेपाललाई आर्थिक रुपमा समृद्ध बनाउन सक्ने भन्दै यसको बिकासमा सबैले पहल गर्नु पर्ने धारण ब्यक्त गर्नु भयो ।

समिति गठन पछि समितिको पहिलो बैठक बुटबलस्थित होटल एसियनमा बसेको र बैठकमा पर्यटन सम्बन्धि बिभिन्न बिषयमा छलफल गरिएको संगठनका संयोजक मोहन चौधरीले जानकारी दिनु भयो ।