सगरमाथामा सम्पर्कबिहीन भएका २ मंगोलियन आरोहीमध्ये एक जनाको शव फेला

दियोपोस्ट संवाददाता  

काठमाडौं । सगरमाथा क्षेत्रमा सम्पर्कविहीन बनेका २ मंगोलियन आरोहीमध्ये एकजनाको शव भेटिएको छ । पर्यटन विभागका अनुसार युखजर्गल सिडेनडम्बाको शव भेटिएको हो ।

युखजर्गलसँगै सम्पर्कविहीन बनेका मंगोलियाकै अर्का आरोही प्योरभिस्रन खाग्बाजाभको खोजी जारी रहेको विभागले जनाएको छ । दुवै आरोही जेठ १ गतेदेखि चौथो क्याम्पबाट सम्पर्कविहीन बनेका थिए ।