सगरमाथामा ‘आरोहि जाम’ परेको भिडियो विदेशी मिडियामा भाइरल

दियोपोस्ट संवाददाता  

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा आरोहिको जाम परेको भिडियो भाइरल बनेको छ । यस वर्षको वसन्तयाममा पनि नयाँ कीर्तिमान बनाउने र पुराना कीर्तिमान तोड्ने होडमा एकैपटक धेरै आरोहि सगरमाथा पुग्दा जाम भएको हो ।
हरेक वर्ष सयौ आरोहिले सगरमाथा आरोहण गर्ने गर्छन् । यस वर्षको वसन्तयाममा पनि ठुलो संख्यामा सगरमाथा चढ्ने र झर्ने आरोहिहरु लाइनमा उभिनुपरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । आरोहि राजन द्धिवेद्धीले आफ्नो इन्स्टाग्राममार्फत एक शाताअघि सगरमाथामा जाम भएको भिडियो शेयर गरेका थिए ।

उक्त भिडियोमा झन्डै १ सयभन्दा बढि पर्वतारोहिहरु लाइनमा बसेको देख्न सकिन्छ । उक्त संख्यामा पर्वतारोहिहरु ७ हजार ७९० मिटर उचाईमा रहेको साउथ समिट र हिलारी स्टेपमा पुगेका थिए ।

पछिल्लो समय सगरमाथामा भीडभाडको समस्या बढिरहेको छ भने व्यवस्थापनमा कठिनाई थपिरहेको छ ।

सगरमाथामा भएको यो वर्षको वसन्तयामको जामबारे न्युयोर्क टाइम्सले लेखेको छ, ‘यो वर्षको सिजन चरमविन्दुमा पुगेको छ । सयौ आरोहिहरु हिलारी स्टेपमा पुगेका छन् भने सगरमाथा चढ्ने र झर्ने आरोहिको बाक्लो संख्याले त्यहाँ जाम परेको छ ।’
इस वर्षको वसन्तयाममा हालसम्म सगरमाथामा ६ जना आरोहिले ज्यान गुमाइसकेका छन् भने अन्य चार आरोहि अझै हराइरहेका छन् । यस वर्ष अप्रिल अन्तिम शाता सुरु भएको आरोहण अभियान जुन पहिलो शातामा सकिदैछ ।