कञ्चनजंघा चढेर नेपाली किशोरले बनाए कीर्तीमानी

दियोपोस्ट संवाददाता  

काठमाडौ । विश्वको तेस्रो सर्वोच्च शिखर कञ्चनजंघा हिमाल चढेर नेपाली किशोरले नयाँ कीर्तीमानी कायम गरेका छन् । १८ वर्षीय निमा रिन्जी शेर्पाले ८ हजार ५८६ मिटर अग्लो कञ्चनजंगा चढेर नयाँ कीर्तीमानी कायम गरेका हुन् ।

शेर्पा १४ पिक्स एक्सपेडिसनमार्फत आरोहणका लागि गएका थिए । उनले शनिबार बिहान ९ः३० मा कञ्चनजंघाको सफल आरोहण गरेका हुन् । उनी पासाङ नुर्वु शेर्पा, रुसी पर्वतारोहि एलिना पेकोभा र अन्य चारवटा शेर्पा गाइडससहितको आरोहण दलमा सहभागी भएका थिए ।

गत वर्ष निमाले केटु हिमाल चढ्ने सबैभन्दा कान्छो पर्वतारोहिको रुपमा कीर्तीमानी बनाएका थिए । उनले १७ वर्षको उमेरमा सगरमाथा र ल्होत्से हिमालको पनि सफल आरोहण गरेका थिए । विश्वका १४ अग्ला हिमालमध्ये उनले कन्चनजंघासहित १३ वटा  हिमालको आरोहण गरिसकेका छन् । २० वर्ष नपुग्दै १४ वटा हिमाल आरोहण गर्ने उनको लक्ष्य छ ।