
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन् । उनलाई स्मार्ट टेलिकम (स्मार्ट सेल) प्रकरणमा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार ललितपुरको धापाखेलबाट भण्डारीलाई पक्राउ गरेको जनाएको छ । उनीमाथि स्मार्ट टेलिकमको सम्पत्तिसम्बन्धी अनियमिततामा संलग्न भएको आशंकामा अनुसन्धान अघि बढाइएको हो ।
सीआईबीका अनुसार सरकारको स्वामित्वमा आएको स्मार्ट टेलिकमको सम्पत्तिमा बेइमानीपूर्वक सरकारको हक-हित प्रभावित हुने गरी काम गराइएको आरोपमा भण्डारीमाथि अनुसन्धान भइरहेको छ।