लालपुर्जा बनाइदिने भन्दै १ लाख ६० हजार घुस लिने अमिनविरुद्ध मुद्दा दायर

दियोपोस्ट संवाददाता

काठमाडौं । नापी कार्यालय, चावहिलको अमिन टोपजङ खत्रीविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपत्र दायर भएको छ । चावहिलको २ र ३ नम्बर नापी टोलीमा कार्यरत खत्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

खत्रीले जग्गा हालसाबिक गरी जग्गाधनी पुर्जा बनाइदिने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १ लाख ६० हजार रुपैयाँ घुस लिए लिएका थिए ।

आयोगका अनुसार अनुसन्धानका क्रममा गोकर्ण-९ माकलबारीस्थित २ र ३ नम्बर नापी टोलीमा कार्यरत खत्रीले आफ्नो पदको दुरुपयोग गर्दै सेवाग्राहीसँग घुस मागी लिएको पुष्टि भएको हो । त्यसपछि भने आयोगको टोलीले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

खत्रीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ ९१० बमोजिमको कसुर भएको ठहर गर्दै १ लाख ६० हजार रुपैयाँ बिगो कायम गरी सोही बराबर जरिवाना र ऐनबमोजिम कैद सजायको मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।

सम्बन्धित खबर

सिफारिस