पत्रकार किशोर श्रेष्ठलाई थुनामै राखेर अनुसन्धान गर्न ३ दिनको म्याद दिइयो

दियोपोस्ट संवाददाता

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई थुनामै राखेर अनुसन्धान गर्न अदालतले ३ दिनको म्याद दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतले श्रेष्ठलाई ३ दिन थुनामै राख्न अनुमति दिएको हो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उमेश प्रसाद लुइँटेलको इजलासले श्रेष्ठलाई थप ३ दिन थुनामा राख्न अनुमति दिएको हो ।

वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा एक युवतीको जाहेरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका विवाहित सांसदसँग चुम्बन गरिरहेको तस्बिर युवती आफैले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् । सोही विषयलाई पत्रकार श्रेष्ठले जनआस्थामा समाचार बनाई प्रकाशन गरेका थिए ।

काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी शिव प्रसाद खतिवडाका अनुसार श्रेष्ठलाई थुनामै राखेर अनुसन्धान गर्न ३ दिनको म्याद दिइएको हो ।

 

सम्बन्धित खबर