दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दियोपोस्ट संवाददाता

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा  सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले विपक्षीका नाममा प्रसाईंलाई थुनामा राख्नुको आधार र कारण खुलाउन आदेश दिएको हो ।

अदालतले बाटोको म्यादबाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ ।

प्रसाईंकी पत्नी उमा प्रसाईंले गत भदौ ५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । रिटमा प्रसाईंको घरमा गरिएको खानतलासीको विषयमा समेत प्रश्न उठाइएको छ।

यसैबीच, अदालतले गत भदौ ४ गते प्रसाईंको घरमा खानतलासीका क्रममा बरामद गरिएका भनिएका सामग्रीहरू समेत आगामी पेसीका दिन अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी परिसर भक्तपुरलाई निर्देशन दिएको छ ।

 

सम्बन्धित खबर

सिफारिस