
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ अन्तर्गतका कसूरमा संलग्न रहेको आरोपमा फरार रहेका दुई जना प्रतिवादी पक्राउ परेका छन्।
नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको मुद्दामा संलग्न उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-१६ निवासी तथा हिमालय सेक्युरिटिज बैंकर लिमिटेडका सञ्चालक अध्यक्ष ६३ वर्षीय दीपक कुमार श्रेष्ठ रहेका छन् । उनलाई बिहीबार ललितपुर महानगरपालिकाबाट पक्राउ गरिएको हो।
त्यस्तै, काठमाडौँ महानगरपालिका-११ निवासी तथा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका लगानी संयोजक ४३ वर्षीय सुमेर शम्शेर ज।ब।रा। लाई पनि बुधबार सोही स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि काठमाडौँ जिल्ला अदालत, बबरमहलमा पेश गरिएको छ।