
काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरको जहाजमा चरा ठोक्किएको छ । चरा ठोक्किएपछि विमानलाई भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।
काठमाडौंबाट धनगढीको लागि अपराह्न २:५३ मा उडान भरेको जहाजमा आकाशमै चरा ठोक्किएको थियो । चरा ठोक्किएपछि विमानको अगाडीको सिसा चर्किएको छ । विमानलाई अपराह्न ३:३० बजे भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।
विमानमा चरा ठोक्किएपछि विमानलाई धनगढी नलगी भैरहवामै सफल अवतरण गराइएको छ । विमानमा रहेका ५० जना यात्रु सकुशल रहेको प्रहरी स्रोतले जनाएको छ ।
दुर्घटनाका सम्बन्धमा थप जानकारी आउन बाँकी छ ।