बुद्ध एयरले यसरी बिदा गर्‍यो १८ लाख यात्रु बोकेको जहाज (फोटोफिचर)

दियोपोस्ट संवाददाता  

काठमाडौं । बुद्ध एयरले मंगलबार डेढ दशक पुरानो आफ्नो एउटा एटिआर–४२ जहाजको बिदाइ गरेको छ। सामान्यतया कुनै पनि कम्पनीले जहाज भित्र्याउँदा पानीको फोहोराले स्वागत गरिन्छ। बुद्धले भने ‘९एन एआइएन’ कलसाइन रहेको एटिआर–४२ जहाजको बिदाइ पनि यसरी नै गर्‍यो। उक्त जहाजले १६ वर्षमा १८ लाख यात्रुलाई सेवा दिएको छ । अब कम्पनीसँग १८ वटा जहाज छन् । बुद्धका दुईवटा एटीआर ४२–३२० सिरिजको जहाजको पनि अबको दुई वर्षभित्र फेजाआउट हुने चरणमा छन् ।

सो जहाज बिदाइका लागि कम्पनीले आफ्नै ह्यांगरको प्रांगणमा ठूलो कार्यक्रम पनि आयोजना गरेको थियो।

बुद्धका अनुसार जहाजको पूर्ण सञ्चालन अवधि पार गरेर यसरी बिदाइ गरिएको नेपालमै पहिलोपटक हो। अझ एटिआर जहाजको इतिहासमै पहिलोपटक भएको कम्पनीको भनाइ छ। एटिआर सन् १९८१ मा स्थापना भएको फ्रेन्च–इटालियन जहाज निर्माता कम्पनी हो।

TATA ADD

सिफारिस