काठमाडौं । भ्रष्टाचार, कुशासन र सामाजिक संजालमाथिको प्रतिबन्धका विरुद्ध गत भदौ २३ गते जेनजी समुहका पुस्ताले काठमाडौंमा आन्दोलन शुरु गरे । तर, शान्तिपूर्ण रुपमा विद्यालय पहिरनमा आएका विद्यार्थीमाथि ओली सरकारले निर्मम रुपमा गोली चलाउँदा १९ जनाको मृत्यु भयो । चार सयभन्दा बढी घाइते भए । त्यसको भोलीपल्ट अर्थात भदौ २४ मा स्वतस्फूर्त रुपमा सडकमा आएका आम प्रदर्शनकारीले सिंहदरबार, संसद भवन, राष्ट्रपति भवन र सर्वोच्च अदालत समेत जलाइदिए । फलस्वरुप प्रधानमन्त्री ओली त्यहाँबाट भागेर सेनाको ब्यारेकमा लुक्नु परेको थियो । राजिनामा दिएर भागेका उनै प्रधानमन्त्री ओली केही दिनपछि भक्तपुरको गुण्डुमा देखिए । गुण्डुमा उनीसँगै देखिए महेश बस्नेत । युवा संघको पूर्वअध्यक्ष समेत रहेका बस्नेत ओलीसँग देखिएका मात्रै थिएनन् उनकै सुरक्षा घेरामा ओलीलाई आलिसान निवास समेत उपलब्ध गराइएको थियो ।
अन्य नेताहरु सामान्य कुर्सीमा देखिएपनि ओलीलाई भने विशिष्ट कुर्सीमा राखेर कम्युनिस्ट पार्टीको धज्जी उडाएको यो ओलीको छिटफूट आलोचना शुरु भएको छ । यसरी ओलीलाई भव्य निवास उपलब्ध गराउनेहरुमा महेश बस्नेत र नविन बस्नेतहरु छन् । बस्नेतद्वयलाई ओली सरकारले ठूला अपराधमा जागाएको मात्रै छैन । ठूला ठेक्का पट्टा समेत दिलाएर गुन लगाएको थियो । त्यसैले त जेनजीपछि बनेको सरकारको खरो विरोधमा उत्रिएका व्यक्ति हुन महेश बस्नेत । उनी र नविन जोडिएको एउटा अपराध र विचौलियाधन्दाबारे हामी पोल खोल्दै छौँ ।
महेश बस्नेत विरुद्ध जबरजस्ती करणी, भ्रुण हत्या र डाँका चोरीको जाहेरी प्रहरीमा अलपत्र अवस्थामा छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको संरक्षण भएका कारण उनीमाथि अनुसन्धान समेत नगरी शक्तिको आडमा यो मुद्दा तामेलीमा राखिएको थियो । नयाँ सरकार बनेसँगै यो घटनाबाट पीडित बनेकी महिला समेत आशावादी भएकी छिन् । उनले बस्नेत विरुद्ध दिएको विद्युतिय अपराध मुद्दा समेत अनुसन्धान गर्न सरकारी वकिल कार्यालयले प्रहरीलाई पत्राचार गरिसकेको छ ।
बस्नेत विरुद्ध जबरजस्ती करणी, भ्रुण हत्या र डाँकाचोरी मुद्दाका मतियारहरु नविन बस्नेत, किरण थापा, सञ्जिव झा र कपिल पोखरेल विरुद्ध प्रहरीमा जाहेरी अलपत्र छ । महेशको आडमा ठेक्का पट्टा र विचौलियाको काम गर्दै आएका नविन बस्नेतले कमाएको अर्बौं रुपैयाँले अहिले केपी ओलिका लागि भक्तपुरको गुण्डुमा भव्य निवास व्यवस्था गरिएको स्रोतको भनाई छ ।
भ्रुण हत्या गराउनेदेखि ती महिला बस्ने घरमा डाँकाचोरी गर्ने गतिविधिमा संलग्न रहेका गिरोहका सदस्यहरु नै ओलीका वरीपरी देखिनुले यो घटनामा ओलीको संरक्षण रहेको खुलेको कसैबाट छिप्न सकेको छैन ।
ती युवतीले आफूलाई महेश बस्नेतले भारतमा समेत लगेर जबरजस्ती करणी गरेको आरोप जाहेरीमार्फत लगाएकी छिन् । यस्तै ति युवतीले मेघा अस्पताल र पोखराको चरक अस्पतालमा आफ्नो भ्रुण हत्या भएको जाहेरीमा उल्लेख गरेकी छिन् । यी सबै घटनामा मतियारको भूमिकामा देखिएका पात्र हुन् नविन बस्नेत ।
बानेश्वरस्थित एक अपार्टमेन्टमा बस्दै आएकी ति महिलामाथि नविन र महेशको समुहले लुटपाट गराएको पीडितको आरोप छ । अपार्टमेन्टमा युवती एक्लै भएको मौका पारेर मोबाईल लुटपाट गर्नेदेखि कुटपीट समेत भएको थियो । तत्कालिन उपत्यका प्रहरी प्रमुख एआइजी दिपक थापाको समेत मिलेमतोमा उक्त घटना घटाइएको थियो । थापा ओली सरकारकै पालामा प्रहरी प्रमुख महानिरिक्षक भएका थिए । उनलाई यही घटनामा सहयोग गरेबापत प्रहरी महानिरिक्षकको उपाधी दिइएको आरोप समेत लाग्ने गरेको छ ।
घटना लुकाउन चाहान्थे बस्नेत
१० वर्षदेखि लिभिङ टुगेदरमा रहेको भनिएका ती महिलासँग बस्नेत यौन सम्बन्धका लागि मात्रै उपयोग गर्न चाहान्थे भन्ने घटनाक्रमहरुले नै पुष्टि गर्छ । तर, जनआस्था नामक अनलाइन मार्फत घटना खुलाशा भएपछि बस्नेतले यो घटना लुकाउन धेरै प्रयास गरेका थिए ।
महेश बस्नेत र युवा संघकी ति युवतीबीचको सम्बन्धबारेको घटना बाहिर नल्याउन हाल बागमती प्रदेशका स्वास्थ्य मन्त्री समेत रहेका किरण थापाले निक्कै जोडबल गरेका थिए । उनीहरुबीचको सम्बन्धको घटना बाहिर आउँदा बस्नेतको राजनीतिक भविश्य नै समाप्त हुने भन्दै थापाले ति युवतीलाई विभिन्न प्रलोभनको प्रस्ताव लिएर गएका थिए । यतिसम्म कि, महेश बस्नेतविरुद्धको जाहेरी फिर्ता लिनका लागि तत्काल २५ लाख रुपैयाँ पैसा रुपैयाँको व्यवस्था गरिदिने, तत्काल ३–४ महिना अमेरिका गएर बस्नुपर्ने, घरघडेरी पास गर्नेलगायत ९ वटा बुँदासहितको प्रस्ताव लिएर थापा युवतीकहाँ पुगेका थिए । पैसा र घरघडेरी लिएर अमेरिका गएर बस्नुपर्ने अफर स्वीकार गरेको अवस्थामा मोबाईल सबै फम्र्याट गर्नुपर्ने, जाहेरी फिर्ता लिनुपर्नेलगायत सर्तसमेत महेशले उनै किरण थापालगायतमार्फत युवतीसम्म पुर्याएका थिए । यो घटना बाहिर नल्याउन किरण थापाले गरेको प्रयास अर्थहीन त बन्यो नै, तर यत्ति कसरत गरेबापत बस्नेतले थापालाई उपहार स्वरुप बागमती प्रदेश सरकारको स्वास्थ्यमन्त्री बनाईदिएका छन् ।
ओली र प्रेम राईकै आडमा उदाएका थिए विचौलिया बस्नेत
जबरजस्ती करणी भ्रुण हत्या र डाँकाचोरीको मुद्दामा हाल मुद्दा तामेलीमा रहेका अभियुक्त महेश बस्नेतलाई गाडीमा ल्याउने र लैजाने कार्य नबिन बस्नेतले गर्थे उनै बस्नेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईका विचौलिया समेत हुन् । राईकै आडमा उनले देशैभर ठेक्का पट्टामा भागबण्डा लिने गरेका छ । भैरहवा विमानस्थलको ठेक्का ओलीकै जोडबलमा बस्नेतको समुहले पाएको थियो । यो ठेक्काको अग्रिम कमिशन बापतको २७ करोड रुपैयाँ भुक्तानी गरेर बस्नेत समुहलाई नागरिक उडयन प्राधिकरणले ठूलो गुन लगाएको आरोप छ । सोही पैसाबाट ओलीको भक्तपुरको गुण्डुस्थित निवासको व्यवस्थापन गरेको आरोप निकटस्थहरु नै नाम नबताउने शर्तमा बताउँछन् ।
अख्तियार प्रमुख प्रेम कुमार राईको नाममा ठेक्का सेटिङ्ग : विचौलियाका दुनियाँमा नविन बस्नेत !
त्यसो त विचौलियाहरुले कुनै पनि काम प्रमाण देखाएर गर्दैनन् । भैरवा विमानस्थलको ठेक्काबापतको अग्रिम रकम बुझ्न तत्कालिन प्रधानमन्त्री ओलीका स्वकिय सचिव राजेश बज्राचार्य स्वयं पुगेका थिए । बज्राचार्य तिनै व्यक्ति हुन् जसले भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्त केशव कुमार दुलालसँग १ करोड ५० लाख रुपैयाँ लिएका थिए । दुलालले तीन पटक बयान दिँदा पनि ओलीकै संरक्षणमा बज्राचार्यमाथि अनुसन्धान भएको थिएन ।
विगतमा बालुवाको कारोबारबाट सुरु भएको बस्नेतको पृष्ठभूमि रक्तचन्दन तस्करी हुँदै भक्तपुरको मनोहरा खोलाको जग्गा अतिक्रमणसम्म जोडिएका पात्र हुन् । उनै बस्नेत अहिले ओलीको बासस्थान व्यवस्थापनमा खटिएका छन् ।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ४ अर्बको ठेक्का प्रतिस्पर्धालाई सीमित गरी क्षमादेवी निर्माण सेवा र धनबहादुर बुढाको बुद्धमाली निर्माण सेवालाई दिइएको थियो ।
संसद अपहरणमा मुछिएका थिए बस्नेत
२०७७ बैशाख १० मा भएको सांसद डा. सुरेन्द्रकुमार यादवको अपहरण भयो । अपहरणमा मुख्य भूमिका महेश बस्नेतको थियो । पूर्वआइजीपी सर्वेन्द्र खनालसमेत सहभागी भएको यो प्रकरणले ठूलो चर्चा पाएको थियो । अपहरणको मुख्य योजनाकार भने नविन बस्नेतले गरेका थिए । तत्कालिन एमाले सांसद महेश बस्नेत, पूर्वआइजीपी सर्वेन्द्र खनाल, नेकपा समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठ(किसान) सहित बस्नेतले डा. यादवको अपहरण गरेको बिषयमा तत्कालीन जसपा अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएका थिए ।