इन्डो–नेपाल कराते शुक्रबारदेखि हुँदै

दियोपोस्ट संवाददाता

काठमाडौँ । इन्डो–नेपाल कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । समृद्धि स्कुलको आयोजनामा हुन लागेको प्रतियोगिताको काता र कुमुतेमा ४५ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक रवि शाहीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

खेलमा नेपालका २५ तथा भारतका ५ विद्यालयबाट २ सय ८३ खेलाडीको सहभागिता रहने इसीएस निर्देशक विकास शाहीले जानकारी दिाए । उनले भने, ‘१ सय ६२ पुरुष तथा १ सय २१ महिला खेलाडी सहभागी हुने छन् । भारतबाट २० खेलाडी आउने छन् ।’

टिम च्याम्पियन र उपविजेतालाई ट्रफी प्रदान गरिने उनले बताए। कुमुतेमा उत्कृष्ट पुरुष÷महिला तथा कातामा १ उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने बताइएको छ । उत्कृष्ट प्रशिक्षक र निर्णायक समेत पुरस्कृत हुने भनिएको उक्त दुईदिने प्रतियोगिताका खेलहरु बनस्थलीस्थित आयोजक स्कुलकै हातामा खेलाइने छ ।

पत्रकार सम्मेलनमा समृद्धिका एडमिनिस्ट्रेटिभ डाइरेक्टर दिपेन्द्र उप्रेती र अपरेसन डाइरेक्टर दिनेश महर्जनको पनि उपस्थिति रहेको थियो ।