सिँचाइ बाँधमा डुबेर बेपत्ता युवकको शव फेला

दियोपोस्ट संवाददाता

काठमाडौँ ।  दाङमा सिँचाइ बाँधमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ । घोराही उपमहानगरपालिका-१० अर्घुमास्थित सिँचाइ बाँधमा डुबेर बेपत्ता भएका स्थानीय बेलघारका २३ वर्षीय अनुप चौधरीको शव शुक्रबार फेला परेको हो ।

सशस्त्र प्रहरी बल नेपालको शमशेरगञ्जस्थित प्रदेशस्तरीय विपद् व्यवस्थापन टोलीबाट प्रहरी निरीक्षक आशिष रावतको कमाण्डमा खटिएको विशेष टोलीले बाँधको करिब ३० फिट पानीमुनि माटोमा गाडिएको अवस्थामा शव फेला पारेको थियो ।

छ जना साथीसँगै बाँधमा नुहाउन गएका चौधरी डुबेर बेपत्ता भएको खबर पाएलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खोजी कार्यमा परिचालन भएको थियो ।