
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) आज काठमाडौँ-सुदूरपश्चिम र जनकपुर-चितवन भिड्दै । टी-२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै, साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन् ।
काठमाडौँ र सुदूरपश्चिम दुवै टोलीले समान ८ अंक जोड्दै तालिकाको दोस्रो र तेस्रो स्थानमा छन् । आजको खेल जित्ने टोलीले प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्नेछ ।
यता, जनकपुर र चितवनलाई पनि प्लेअफको सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने दबाब छ । दुई खेल बाँकी रहेको चितवनलाई प्लेअफ दौडमा रहिरहन दुवै खेल जित्नुपर्ने अवस्था छ भने अन्तिम खेल खेल्न लागेको जनकपुरलाई जितसँगै अन्य टोलीको नतिजा पनि अनुकूल हुनुपर्नेछ ।
चितवनले पाँच खेलबाट पाँच अंक जोडेको छ भने समान पाँच खेल खेलेको जनकपुरको चार अंक छ । आजको खेल जिते जनकपुरको अंक ६ पुग्नेछ ।