बनेपामा दुई बस ठोक्किँदा २५ जना घाइते

दियोपोस्ट संवाददाता

काभ्रेपलाञ्चोक । काभ्रेको बनेपा नगरपालिका-६ बुडोलमा दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किँदा २५ जना घाइते भएका छन् ।

बिहीबार बिहान करिब ११ः४० बजे धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा ५ ख २९७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बा ३ ख ५०६४ नम्बरको बस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका २१ जनालाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल र चार जनालाई धुलिखेल अस्पताल पठाइएको छ ।

अस्पतालमा उपचाररत घाइतेहरूको विवरण :

शीर मेमोरियल अस्पताल, बनेपामा उपचाररत  २१ जना
१.दुर्गा सिमथान (५८ वर्ष, बनेपा–३, काभ्रे) – अवस्था सामान्य

२.मनिष पहरी (४० वर्ष, भुम्लु–१, काभ्रे) – अवस्था मध्यम

३.उर्मिला महत (२६ वर्ष, बनेपा–५, काभ्रे) -अवस्था मध्यम

४.युसन बुर्जा (११ वर्ष, उर्मिला महतका छोरा) -अवस्था सामान्य

५. देवकी निरौला (५५ वर्ष, दिक्तेल, खोटाङ) -अवस्था मध्यम

६.छिरिङ लामा (१६ वर्ष, लिसंखुपाखर-३, सिन्धुपाल्चोक) -अवस्था सामान्य

७.दिपा कुँवर (२० वर्ष, सुनकोशी–५, सिन्धुपाल्चोक) -अवस्था सामान्य

८.कल्पना खत्री (४० वर्ष, साँगाचोक-१२, सिन्धुपाल्चोक)-अवस्था मध्यम

९.पाम्देल लामा (४० वर्ष, सुनकोशी-५, सिन्धुपाल्चोक) -अवस्था सामान्य

१०.राममाया तामाङ (४१ वर्ष, लिसंखुपाखर–३, सिन्धुपाल्चोक) -अवस्था सामान्य

११.अभिनाश खड्का (अन्दाजी २६ वर्ष, सुनकोशी–४, सिन्धुपाल्चोक) -अवस्था मध्यम

१२. संगिता कार्की (४१ वर्ष, सुनकोशी-६, सिन्धुपाल्चोक) -अवस्था सामान्य

१३.आरोब बुढाथोकी (अन्दाजी ८ वर्ष, संगिता कार्कीका छोरा) -अवस्था सामान्य

१४.आसा सापकोटा (अन्दाजी ३४ वर्ष, सुनकोशी–६, सिन्धुपाल्चोक) -अवस्था सामान्य

१५.एक ब खत्री (अन्दाजी ५० वर्ष, सुनकोशी–१, सिन्धुपाल्चोक) -अवस्था सामान्य

१६. कान्छी खरेल (अन्दाजी ६० वर्ष, भुम्लु–५, काभ्रे) -अवस्था सामान्य

१७.कृष्णलक्ष्मी श्रेष्ठ (अन्दाजी ५० वर्ष, सुनकोशी–८, सिन्धुपाल्चोक)-अवस्था सामान्य

१८.मानकुमारी शाह (अन्दाजी ५५ वर्ष, काठमाडौं) -अवस्था सामान्य

१९.सबिना खड्का (३३ वर्ष, हरिहरपुर–४, सिन्धुली) -अवस्था सामान्य

२०.असिम पन्त (अन्दाजी १४ वर्ष, धुलिखेल–८, काभ्रे)-अवस्था मध्यम

२१.अस्मी पन्त (१० वर्ष, असिम पन्तकी बहिनी)_अवस्था सामान्य

धुलिखेल अस्पतालमा उपचाररत (४ जना)
२२.सबिना खड्का (अन्दाजी ३८ वर्ष, भुम्लु–८, काभ्रे) -अवस्था सामान्य

२३.सानिया खड्गी (अन्दाजी १६ वर्ष, सोही स्थान) -अवस्था सामान्य

२४.रोहन आचार्य (अन्दाजी १६ वर्ष, पाँचखाल–१०, काभ्रे) -अवस्था सामान्य

२५.सुनिता थपौलिया (अन्दाजी १६ वर्ष, मेलुङ–१, दोलखा) -अवस्था सामान्य