पटका पड्काउँदा १२ वर्षीय बालक गम्भीर घाइते

दियोपोस्ट संवाददाता

चितवन । पटका पड्काउने क्रममा आगलागी हुँदा चितवनमा एक बालक गम्भीर घाइते भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका-२ का १२ वर्षीय आयुष गान्धारी पटका पड्काउने क्रममा घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ पटका पड्काउने क्रममा आगोको झिल्का उछिट्टिएर बालकको कपडामा आगो लागेको थियो । आगलागीबाट उनको छातीभन्दा तलको भाग जलेको प्रहरीले जनाएको छ ।

घाइते बालकको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।