टक्सार महाशाखामा सुनको असर्फी किन्नेको भीड (फोटो फिचर)

Guest
दिनेश रजक

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले दीपावलीको अवसरमा सुनका असर्फी र चाँदीका मेडालियनको विक्री वितरण सुरु गरेको छ । बबरमहलस्थित मुद्रा व्यवस्थापन विभाग मातहतको टक्सार महाशाखाबाटै बिहीबारबाट सुनका असर्फी र चाँदीका मेडालियनको विक्री वितरण सुरु गरेको हो ।

राष्ट्र बैंकका अनुसार कात्तिक १९ गते बिहीबार र कात्तिक २० गते शुक्रबार सुनका असर्फी र चाँदीका मेडालियनको विक्री वितरण हुनेछ ।

राष्ट्र बैंकका अनुसार एक व्यक्तिले २.५ ग्रामको सुनको असर्फी एक थान र १० ग्रामका चाँदीका मेडालियन २ थान किन्न पाउनेछन् ।

बिहीबार टक्सार महाशाखामा असर्फी र मेडालियन किन्ने ग्राहकको ठुलो भीड लागेको थियो । सर्वसाधारणहरू लामो समय लाइनमा बसेर असर्फी र मेडालियन किन्न बाध्य भएका थिए ।

हेर्नुहोस्, सुनका असर्फी र चाँदीका मेडालियन किन्न जानेको भीड र खरिद गरेपछिको खुसीका तस्बिरहरू ।

सम्बन्धित खबर

सिफारिस