एनपीएल : आज पोखरा र विराटनगर तथा कर्णाली र लुम्बिनीबीच प्रतिस्पर्धा हुँदै

दियोपोस्ट संवाददाता

काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन्

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो साढे १२ बजे सुरु हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै, आजै साँझ ५ बजे सुरु हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन् । अंक तालिकामा काठमाडौा गोर्खाज चार जित र एक हारसहित ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । समान ८ अंक रहेको सुदूरपश्चिम रोयल्स रनरेटका आधारमा दोस्रो स्थानमा छ।

त्यस्तै, तीन जित, एक हार र एक खेलमा नतिजाविहीन रहेको लुम्बिनी लायन्स ७ अंकसहित तेस्रो स्थानमा छ । पाँच अंक जोडेको चितवन राइनोज चौथो स्थानमा रहेको छ।

जनकपुर बोल्ट्स र विराटनगर किंग्स समान ४ अंकसहित क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन् । समान ४ अंक रहेको कर्णाली याक्स सातौँ स्थानमा रहँदा पाँच खेलमध्ये एक खेलमा मात्र जित निकालेको पोखरा एभेन्जर्स अंक तालिकाको अन्तिम स्थानमा छ ।

सम्बन्धित खबर