
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरमा प्रहरीले गोली प्रहार गरी एक जनालाई नियन्त्रणमा लिएको छ ।
नक्कली अमेरिकी डलर देखाएर ठगी गर्ने गिरोहको खोजीमा खटिएको जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार साँझ गोली प्रहार गरी एक जनालाई पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ गरेका व्यक्ति डलर देखाएर डगी गर्दै हिँड्ने गिरोहका सदस्य भएको बुझिएको छ । गोली लागेर घाइते भएका उनलाई उपचारका लागि ट्रमा सेन्टर लैजाने तयारी गरिएको छ।
घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।