
काठमाडौँ । वीरगञ्ज कारागारबाट फरार भएका कैदी पाँच घण्टाभित्रै भारतबाट पक्राउ परेका छन् । बिहीबार बिहान कारागारभित्र सरसफाइ गर्ने क्रममा पर्खाल नाघेर फरार भएका कैदी सुनिल साह तुरहा भारतको बिहार राज्यस्थित आदापुरबाट पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बाराको सीमावर्ती क्षेत्र भारतको आदापुरबाट बिहीबार दिउँसो भारतीय प्रहरीको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका तुरहालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका उनी विगत ११ वर्षदेखि वीरगञ्ज कारागारमा कैद सजाय भोग्दै आएका थिए ।