बुढानीलकण्ठबाट २१ केजी सुनसहित केही चिनिया नागरिक पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ क्षेत्रबाट २१ केजी सुनसहित विदेशी नागरिकहरू पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार अपराह्न सुनसहित केही चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काको कमान्डमा गएको प्रहर टोलीले करिब ५ घण्टाको अपरेसनपछि सुनसहित केही चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

बुढानीलकण्ठ क्षेत्रमा चिनिया नागरिकहरूले सुनको तस्करी गर्ने गरेको सूचना पाएपछि अपराध अनुसन्धान कार्यालयको टोली परिचालित भएको थियो । सुनको तस्करी र कारोबार हुने स्थान यकिन भएपछि एसएसपी सन्तोष खड्का स्वयम् फिल्डमा खटिएका थिए ।

बिहीबार बिहानदेखि खटिएको टोलीले करिब आधा दर्जन चिनिया नागरिकलाई समेत पक्राउ गरेको छ । उनीहरूको साथबाट सुन पगाल्ने मेसिन, सुन जोख्ने उपकरण आदिसमेत बरामद गरेको छ ।

सो सम्बन्धमा जानकारी दिन शुक्रवार अपराह्न १ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

सम्बन्धित खबर

सिफारिस