![EXCLUSIVE : अख्तियार प्रमुख निकट आयुक्त अमात्यले नै प्रदिप अधिकारीसँग ‘घुस’ लिएको खुलाशा ! [अडियो]](https://www.diyopost.com/wp-content/uploads/2026/10/cover-Audio-news.png)
काठमाडौं। नेपालको संविधानले कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा कानुनबमोजिम अनुसन्धान वा अभियोजन गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएको छ । संविधानको धारा २३९ ले अख्तियारको काम, कर्तव्य र अधिकारलाई सुनिश्चित गरेको छ भने धारा २३८ ले आयोगको गठनको सीमा ताकेको छ । अख्तियारमा प्रमुख आयुक्तसहित चार जना आयुक्त रहने व्यवस्था संविधानमै गरिएको छ ।
२०७७ माघ २१ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानूनी रूपमा संसद् विघटन गरी संसदीय सुनुवाइको प्रक्रियासमेत लत्याएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राईलाई नियुक्त गराएका थिए । संविधानले भ्रष्टाचार नियन्त्रण गर्ने दिशानिर्देश गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त राई नै विभिन्न अनियमितता र भ्रष्टाचारमा मुछिएका तथ्यहरू यसअघि पनि प्रकाशित भएकै हुन् । वाइडबडी खरिद प्रकरण, आयल निगमको जग्गा खरिद प्रकरण, पोखरा विमानस्थल निर्माण प्रकरण हुँदै भैरहवा विमानस्थलको जग्गा खरिदमा समेत राईको संलग्नता ‘ओपन सेक्रेट’ छ । प्रमुख आयुक्त राई नै यी सबै प्रकरणहरूमा मुछिए पनि आफैलाई उन्मुक्ति दिएर ‘चयनमुखी अभियोजन’ गरेर अख्तियारकै प्रमुख आयुक्त पदमा उनी विराजमान छन् । संविधानअनुसार ६ वर्षे कार्यकाल सकिएर आगामी माघ २१ गते उनी प्रमुख आयुक्तबाट अवकाशमा जाँदै छन् । तर, भ्रष्टाचार नियन्त्रणको जिम्मा पाएको संवैधानिक आयोगका प्रमुख आयुक्त राई निकट एक आयुक्तले भ्रष्टाचार अभियोगमा अनुसन्धान गरी मुद्दा दायर गरेको एक आरोपीसँग ‘अनैतिक रिसवत’ (घुस) लिने गरेको तथ्य भेटिएको छ ।
दियोपोस्टले लामो अनुसन्धानबाट यस्तो तथ्य फेला पारेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत आयुक्त डा. सुमित्रा अमात्यले हाल भ्रष्टाचार मुद्दामा थुनामा रहेका नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग घुस लिने गरेको तथ्य भेटिएको हो।
दियोपोस्टलाई प्राप्त अडियोमा आयुक्त अमात्यले ठूला भ्रष्टाचारका फाइलहरू खुलेको र उक्त विषयमा आफैले अनुसन्धान गरिरहेको सूचना अभियुक्त प्रदीप अधिकारीलाई दिने गरेको समेत देखिएको छ। पोखरा, भैरहवा र विराटनगर विमानस्थल निर्माणको क्रममा भएको भ्रष्टाचार अख्तियारले छानबिन गरिरहेको सूचना आयुक्त अमात्यले अधिकारीलाई दिएको देखिन्छ। ‘दिदी-भाइ’ को नाता भन्दै उनले अधिकारीसँग पटक-पटक रकम असुलेको स्रोतले बताएको छ। प्राप्त अडियोमा प्रदीपले डा. अमात्यलाई ‘१५-२० बुक’ यसअघि बुझाएको र बाँकी पनि बुझाउँदै जाने बताएका छन्। यता अमात्यले भने राम्रो काम गर्नु भन्दै आशीर्वाद दिएकी छिन्। स्रोतका अनुसार आयुक्त अमात्यले अधिकारीबाट पटक-पटक गरी २ करोड रुपैयाँभन्दा बढी रकम लिएकी छिन्। तर, उक्त विषय कुनै रेकर्डमा भने देखिँदैन। दियोपोस्टलाई प्राप्त अडियोमा आयुक्त अमात्यले ‘१५-२० बुक’ लिएको भने पुष्टि हुन्छ। स्रोतका अनुसार उनीहरूबीचको सांकेतिक भाषामा ‘बुक’ भनेको ‘लाख रुपैयाँ’ हो।
“सर्टिफिकेट नै नपुगेको मान्छेलाई क्वालिफाइड गरेर ठेक्का दियो, के एक्सपेरियन्स भनेपछि हेर्नुपर्छ, के, त्यस्तो चिजमा हामीले । अब, त्यो हामी पैसा–पैसा–पैसामा मात्र भनेर हेर्ने होइन, देशको पनि अलि माया गर्नु पर्यो नि,” सुमित्राले यसो भनेपछि प्रदीपले भनेका छन्, “त्यो क्यान्सिल गर्दा म छैन, मैले गरेको पनि होइन, हैन?”
मुद्दा अनुसन्धानकै क्रममा प्रदीप अधिकारीले १५-२० लाख रुपैयाँ दिएको समेत अडियोमा सुन्न सकिन्छ। उक्त रकम लिएको समेत अमात्यले स्वीकार गरेकी छिन्। “अस्ति, पनि, मैले, त्यो, अब, सकेको, १५-२०, वटा, मिलाएर, गरेकै, हो, अब, म, यहाँ मिलाएर गर्दै छु, आउँछु, म, बिस्तारै। उता, जानुभन्दा, अगाडि, म, भेट्छु, नि, हजुरलाई,” प्रदीपले यसो भनेपछि डा. अमात्यले भनेकी छिन्, “अँ, ठीक, छ, तर, काम, चाहिँ, नि, अलि, राम्रोसँग, गर्दिने, के, त्यही नै हो।”
सन् २०२३ नोभेम्बर ७ अर्थात् २०८० कात्तिक २१ गते रेकर्ड भएको देखिएको एउटा अडियोमा आयुक्त अमात्य र प्रदीप अधिकारीबीचको संवादमा भ्रष्टाचारको मुद्दामा अनुसन्धान भइरहेको भन्दै सूचना चुहावट भएको देखिएको छ भने त्यसअघि नै आयुक्तले अधिकारीबाट रकम लिएको पोल खोलिएको छ। अमात्यले अडियोमा बोलेकै जस्तो २०७९ असोज २३ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण खरिद प्रक्रियामा अनियमितता भएको भन्ने उजुरीमा अख्तियारले अनुसन्धान थालेको देखिएको छ।
२०८३ वैशाख २४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा प्रदीप अधिकारीसहित १४ जना उच्च अधिकारीविरुद्ध ३ अर्ब ६२ करोड ५ लाख २२ हजार एक सय साठी रुपैयाँ भ्रष्टाचार गरेको भन्दै बिगो माग गरेर अभियोग पत्र दायर गरिएको थियो। उजुरी अनुसन्धानकै क्रममा आयुक्त अमात्यले अधिकारीसँग कुराकानी गरेको अडियोमा सुन्न सकिन्छ। स्मरणीय कुरा के छ भने, आयोगले विशेष अदालतमा दायर गरेको अभियोग पत्र अनुसार ठेक्का प्रक्रियामा भ्याटसम्बन्धी निर्णय गर्ने अधिकारी प्रमुख आयुक्त प्रेमकुमार राई नै थिए। २०७२ फागुनदेखि २०७३ भदौ २३ सम्म पर्यटन मन्त्रालयका सचिव रहेका राईकै संयोजकत्वमा पोखरा विमानस्थल निर्माणका लागि चिनियाँ बैंकसँगको सम्झौताको ड्राफ्ट संशोधन गर्न तथा भ्याटको विषयमा राय-सुझाव दिइएको थियो।
२०७२ चैत २ गते तत्कालीन सचिव राईको संयोजकत्वमा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक लगायतका पदाधिकारीहरूको उपस्थितिमा बसेको बैठकबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सम्बन्धमा ७ बुँदे निर्णय भएको थियो। विमानस्थल निर्माणको सम्बन्धमा एक्जिम बैंक र नेपाल सरकारबीच हुने सम्झौतामा विभिन्न बुँदाहरू संशोधन गर्नुपर्ने राय उपलब्ध गराउने बैठकमा राई नै संलग्न थिए। त्यति मात्रै होइन, उनको संयोजकत्वमा बसेको बैठकको निर्णयसहितको राय २०७२ चैत २ गते अर्थ मन्त्रालयलाई समेत पठाइएको देखिन्छ।
रायको पहिलो बुँदामा ‘सम्झौताको ड्राफ्टमा भ्याटसम्बन्धी व्यवस्था उल्लेख नभएको र भ्याटबापत आउने थप रकम व्यहोर्ने क्षमता नेपाल नागरिक उड्डयन प्राधिकरणको नदेखिएको हुँदा यस विषयमा उपयुक्त व्यवस्था हुनुपर्ने’ राय दिइएको थियो। सोही रायको आधारमा नेपाल सरकार मन्त्रिपरिषदको बैठकले २०७२ चैत ४ गते निर्णय गरी २०७२ चैत ८ गते नेपाल सरकार र चिनियाँ सरकारबीच फ्रेमवर्क सम्झौतामा संशोधन भएको थियो। सोही रायकै आधारमा नेपाल सरकारलाई चीन सरकारले ३५ करोड ५९ लाख ३० हजार चिनियाँ आरएमबी युआन ऋण उपलब्ध गराउने सम्झौता गरेको थियो।
महालेखा परीक्षकको सट्ठीऔँ प्रतिवेदनले सम्झौतामा उल्लेख नै नभएको अवस्थामा पनि आयोजनाले मास्टर लिस्टमा राखेर भन्सार शुल्क, महसुल तथा मूल्य अभिवृद्धि करबापत २ अर्ब २२ करोड ४० लाख रुपैयाँ छुट दिएको देखिएको ठहर गरेको थियो। निर्माण कम्पनीले बोलपत्र कबुल गर्दा यससम्बन्धी व्यवस्था नभएको, सम्झौतामा समेत यस्तो महसुल छुट दिने व्यवस्था नभएकोमा आयोजनाले तत्पश्चात् मास्टर लिस्टमा राखी भन्सार तथा महसुल छुट दिएको महालेखाको ठहर थियो। राईकै संयोजकत्वको बैठकले भ्याटको सन्दर्भमा उपयुक्त व्यवस्था गर्न भन्दै राय दिएको थियो। तर, अख्तियारले राईले नै दिएका रायपत्रलाई गुपचुप पारेर उनीपछि नेतृत्वमा रहेका व्यक्तिहरूलाई मात्र प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो। गत वैशाख २४ गते विशेष अदालतमा दायर भएको आरोपपत्रमा राई संलग्न रहेको विवरण र कागजात लुकाइएको छ।
ऋण सम्झौताका विभिन्न बुँदाहरू संशोधनका लागि राईकै संयोजकत्वमा रहेको समितिले राय दिएको तथ्यलाई लुकाएर अख्तियारले आरोपपत्र दायर गरेको थियो।
अख्तियारले विशेष अदालतमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्वसचिव शंकरप्रसाद अधिकारी, पूर्वपर्यटन सचिव महेश्वर न्यौपाने, पूर्वपर्यटन सचिव सुरेश आचार्य, पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव डण्डुराज घिमिरे, अर्थ मन्त्रालयका तत्कालीन सहसचिव केवलप्रसाद भण्डारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम, प्राधिकरणकै तत्कालीन महानिर्देशक प्रदीप अधिकारी, अर्थ मन्त्रालयका तत्कालीन उपसचिव युगराज पाण्डे, अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उर्मिला भण्डारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन इलेक्ट्रोनिक इन्जिनियर योगेश अर्याल, चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङका प्रोजेक्ट म्यानेजर याङ झिगाङ, कम्पनीका मुख्य व्यक्ति वाङ बो र कम्पनीलाई प्रतिवादी बनाएर सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी तथा दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपपत्र दायर गरेको थियो।
आरोपपत्र अनुसार २०७९ असोज २३ मा उजुरी परेको र तीन वर्षपछि अर्थात् २०८२ मंसिर १९ पछि अनुसन्धान सुरु भएको थियो। भ्रष्टाचार अन्त्य र सुशासनको माग गर्दै गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि अख्तियारले यो मुद्दाको पनि अनुसन्धान थालेको थियो। निर्माण कम्पनीले हालसम्म छुट लिएको ३ अर्ब ६२ करोड ५ लाख २२ हजार एक सय साठी रुपैयाँ रकमलाई नै कुल बिगो कायम गरेर भ्रष्टाचार मुद्दा दायर गरिएको छ। तर, छुट दिलाउने उक्त निर्णयको सूत्रधार भने अख्तियारकै प्रमुख आयुक्त राई नै रहेको देखिएको हो।
राई पर्यटन सचिव बन्नुभन्दा अघि अर्थात् २०६८ माघ २४ गते नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिको २५०औँ बैठकले ३ प्रतिशत कन्टिन्जेन्सी तथा १३ प्रतिशत भ्याटसहित कुल लागत १७० दशमलव ५३२ मिलियन अमेरिकी डलर लाग्ने गरी इपिसी डकुमेन्ट स्वीकृत गरेको थियो। सोही आधारमा २०६८ माघ २६ गते एक दैनिक पत्रिकामा बोलपत्र आह्वानको सूचनासमेत प्रकाशन गर्ने निर्णय भएको थियो।
अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्र अनुसार २०७२ जेठ ८ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा मूल खरिद सम्झौता भएको थियो। सम्झौतामा भ्याट रोजगारदाताले निर्माण व्यवसायीलाई भुक्तान गर्नुपर्ने वाक्यांश राखिएको थियो। २०७२ चैत ४ गते फ्रेमवर्क एग्रिमेन्ट हुनुअघि २०७२ चैत २ गते राई नेतृत्वले पेस गरेको राय प्रतिवेदनलाई अख्तियारले लुकाएर अभियोगपत्र पेस गरेको थियो।
राईको संयोजकत्वमा रहेको समितिले दिएको रायअनुसार उक्त फ्रेमवर्कको ३.२.११ बुँदामा संशोधन भएको देखिन्छ।
“नेपाली पक्षले आयोजना कार्यान्वयनका लागि सिएएमसी र चिनियाँ निर्माण व्यवसायी (ठेकेदार) लाई कर छुट प्रदान गर्नेछ, र तिनीहरूद्वारा पैठारी (आयात) गरिने उपकरण तथा निर्माण सामग्रीहरूमा अन्तःशुल्क, भन्सार महसुल र अन्य दस्तुर तथा शुल्कहरूमा छुट प्रदान गर्नेछ; साथै चिनियाँ निर्माण व्यवसायीले नेपालमा भुक्तानी गरेको मूल्य अभिवृद्धि कर (भ्याट) नेपाली पक्षद्वारा फिर्ता (शोधाभर्ना) गरिनेछ, र चिनियाँ निर्माण व्यवसायी, सिएएमसी र आयोजनाका चिनियाँ नागरिक कर्मचारीहरूको आयकरमा नेपाली पक्षद्वारा छुट दिइनेछ,” सम्झौतामा लेखिएको छ।
राईसमेतको रायको आधारमा सरकारले चिनियाँ कम्पनीलाई छुट दिएको रकमलाई भ्रष्टाचार भएको भन्दै अख्तियारमा दायर भएको आरोपपत्रबाट रहस्यमय रूपमा कागजात गायब पारिएको छ।
“एकातिर आफैलाई उन्मुक्ति दिएर अभियोजन गरिएको छ। अर्कोतिर अभियुक्त खडा गरिएको व्यक्तिसँग अख्तियारकै आयुक्तबाट रकम लिएको विषय अत्यन्त गम्भीर विषय हो। अख्तियारको इतिहासमा यो निकै दुर्लभ घटना हो,” एक पूर्वआयुक्तले दियोपोस्टसँग भने, “यदि अडियो साँचो भए यसको नैतिक जिम्मेवारी अख्तियारको प्रमुख आयुक्तले लिनुपर्छ र अनुसन्धानका लागि आफूलाई तयार पार्नुपर्छ।”
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता तुलसीलाल अमात्यकी बुहारी डा. सुमित्रालाई तत्कालीन केपी ओली सरकारले २०७८ वैशाख २६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा नियुक्त गरेको थियो। हाल अख्तियारमा प्रमुख आयुक्तसँग नजिक रहेर आयुक्त अमात्यले ठूला मुद्दाहरूको अनुसन्धान गर्दै आएकी छिन्। पोखरा विमानस्थलसँग सम्बन्धित तीन ठूला मुद्दा अमात्यकै मातहतमा अनुसन्धान भएका हुन्। प्रमुख आयुक्त मुछिएको यो मुद्दामा पनि यसअघि विशेष अदालतमा भनिएजस्तै चयनमुखी अभियोजन भएको छ।
यस्ताे छ डा. सुमित्रा र हाल भ्रष्ट्राचार मुद्दामा थुनामा रहेका प्रदिप अधिकारीबीचकाे संवाद
प्रदीप अधिकारी: नमस्कार हजुर।
डा. सुमित्रा अमात्य: नमस्ते नमस्ते, कस्तो छ, के छ डिजी साव ? सन्चो छैन कि के हो ? अहिले वेदर चेन्ज भयो नि त ।
प्रदीप अधिकारी: ठिक छ, (खोक्दै…) बिरामी भएर… अस्ति त्यो भुईँचालोमा बिहान ५:०० बजेदेखि एयरपोर्ट बसेर त्यो रेस्क्युमा गरेको…
प्रदीप अधिकारी: अनि हजुरको त्यो जहाज पठाउँदा पठाउँदै गर्दा गर्दा त्यो भयो के, चिसोले…
डा. सुमित्रा अमात्य: चिसो लाग्यो, रुघाखोकी भयो, चिसो भयो।
प्रदीप अधिकारी: अँ, चिसो पनि भयो, चिसो पनि भयो।
प्रदीप अधिकारी : दि… सन्चै हुनुहुन्छ हजुर?
डा. सुमित्रा अमात्य : अँ, ठिक छु,
प्रदीप अधिकारी ः अस्ति फाेन गरेथेँ थेँ, हजुरलाई फोन उठेन।
डा. सुमित्रा अमात्य: ए…
प्रदीप अधिकारी: व्यस्त हुनुहुन्थ्यो…
डा. सुमित्रा अमात्य: अँ, म कता कता अल्झिन्थेँ, च्यामबरमा थिएँ कि के थिएँ।
प्रदीप अधिकारी: ए, अनि अस्ति त्यो… अस्ति पनि फोन गरेको थेँ, हजुरलाई, त्यो ल, आउनुस् भाइ भन्यो भने, म यहाँ यो यो युरोपियन युनियनकोमा लागि रहेको छु त, दिदी, हजुरलाई थाहा छ नि त।
प्रदीप अधिकारी: अब जाँदै छु अब पर्सि, ११ तारिख, ब्रसेल्स।
डा. सुमित्रा अमात्य: अनि, के छ अरू ठिक छ नि ?
प्रदीप अधिकारी: अरू त, अरू त ठिक छ, होइन? अनि के, हजुरको के अफिस जान पर्दैन?
डा. सुमित्रा अमात्य: पर्छ, अफिस जाने बेला हुन लाग्यो जान्छु ।
प्रदीप अधिकारी: ए, त्यही त अनि
डा. सुमित्रा अमात्य: के छ अनि, केही समस्या छ ?
प्रदीप अधिकारी: समस्या त, त्यही पोखराको, के के गरेराकाे छ भन्छ,
डा. सुमित्रा ः अँ पोखराको, भैरहवाको, नेपालगँ के भन्छ, विराटनगरको इस्युहरू उठिरहेको छ।
डा. सुमित्रा अमात्य: ए, केही छैन होला नि त त्यहाँ।
प्रदीप अधिकारी: खै, अब आफूले हेर्दा केही छैन, म त मलाई त केही छ जस्तो लाग्दैन दिदी, के भन्नु खै।
डा. सुमित्रा अमात्य: अँ। मलाई नै खासै थाहा छैन, तर सिरियस छ, इस्यू भन्थ्यो।
प्रदीप : ए।
सुमित्रा : के भनेर भन्दैन, हामीलाई नि।
प्रदीप : ए, त्यही त, अब होला नि त, अब के भनेर नि? त्यस्तो छ, अब, खै, अब के, अस्ति हेर्न गएको जस्तो, भन्थ्यो, त्यो, हाम्रो केटाहरूले पनि त्यस्तै त, केही छैन सर भन्छन्, भन्छन्, मलाई त अब, साइडको कुरो, अलिअलि हेयरक्य्राक हो, अरू त्यस्तो त मसँग केही रिपोर्टिङ भएको छैन।
डा. सुमित्रा अमात्य: क्वालिटीमा थियो इस्यु, म त डिजाइनमा छ भनेर लागिराछ अझै।
प्रदीप अधिकारी: डिजाइनमा त, अब एबिसी प्रोजेक्ट हो, अब हामीले, हामीले, उसको डिजाइन अप्रुभ गर्ने हो। डिजाइनको इस्यु त त्यस्तो, एबिसी भएको हुनाले त्यस्तो हेरे खतरा इस्यु चाहिँ छ जस्तो लाग्दैन दिदी मलाई।
डा. सुमित्रा अमात्य: अँ, एकदम, क्वालिटीमै।
प्रदीप अधिकारी: क्वालिटीमा पनि छैन, क्वालिटी त राम्रो काम भएको हो पोखरामा, अब त्यो अलिअलि हेयरक्र्याक त आइहाल्छ, हाम्रो घरमै आउँछ, स्ट्रक्चरल ड्यामेज होइन क्यारे त्यो, होइन?
डा. सुमित्रा अमात्य: अँ, अँ, अँ।
प्रदीप अधिकारी: त्यही त, लागेका छन् नि, अब दुस्मनहरू लागिहाल्छन् नि, अब के, उजुरी गर्छन् याे गर्छन् अब के भन्नु, यस्तो त भने…त्योभन्दा बढी प्रचार गर्छन् नि।
डा. सुमित्रा अमात्य : लाग्नेहरू लाग्छ, आफूले राम्रो काम गर्ने। त्यही, त्यही भनेको त नि, राम्रो काम गर्ने ।
प्रदीप अधिकारी ः अब लाग्नेलाई त, के गर्न सकिन्छ, दिदी, भन्नु न, हैन?
डा. सुमित्रा अमात्य: केही गर्न सक्दैन।
डा. सुमित्रा अमात्य: दिदीले पनि राम्रोसँग हेर्दिनु पर्यो, अब के भाइहरूलाई हजुरले नै हेर्दिने बेलामा पनि यस्तो भयो, के गर्नु त हजुर ?
प्रदीप अधिकारी: हैन, काम त कुन राम्रोसँग गर्ने ? राम्रोसँग गर्ने, अनि हेर्दै गर्छ नि, आफूले राम्रो काम गर्यो भने नडराउने, के नबिगारिने नडराउने।
डा. सुमित्रा अमात्य: मेरो त सिद्धान्त त्यही हो।
प्रदीप अधिकारी : त्यही त, मलाई त झन् त्यहाँ अब, ए, तिम्रो दिदी भनेको होइन, सबैभन्दा बढी तिम्रो नै ले नै यस्तो गर्छ, उ गर्छ, भनेर भन्छन्, मलाई यस्तो होइन होला भने, के के, झ्यावै लाग्ने भैसक्याे भन्या ।
डा. सुमित्रा अमात्य: त्यस्तो कुरा होइन, मैले त क्वालिटी के छ भने, त्यो, त्यो, उसमा त, मैले, त्यो, विराटनगर र भैरहवाको टर्मिनल बिल्डिङहरूमा क्यान्सिल गरेर, फेरि लगाएको छ, मोर देन द पहिलेको चिजमा, पैसा बढाएर लगाएको छ भन्थ्यो, त्यो त हेर्नुपर्यो, त्यो त, हैन? त्यसैको लागि बसिरा छौँ हामी, त्यो त हेर्नुपर्यो, हेर, भन्या छु, मैले, तामिली पठाई सकेको रहेछ, पहिलेको चाहिँ, । तामिली त्याे क्यान्सिल गरेर, अहिले आएर चाहिँ नि, फेरि ठेक्का लगाएको भनेर,, आयो,। त्यो पनि त्यत्रो उसमा, ४०% बिलो गरेर, बिलो रेट क्यान्सिल गरेर, अब म फेरि, अर्को, रकम, थपेर, फेरि फुल सेड्युल रेटमा, कसैलाई दियो, भनेर आएपछि त हेर्नुपर्यो नि, कसो
प्रदीप अधिकारी: अँ त्यही त । खै, त्यो त, पछि, यो ता, तामिली पठाइसक्या छ र ? थाहा छैन मलाई त।
डा. सुमित्रा अमात्य: पहिलेको, पहिलेको, पहिलेको, अहिले फेरि, अर्को, त्यो सँगसँगै एकिट गरेर, त्यो हेर्दाखेरि त,इस्यु नै अर्को रहेछ, म, पहिला, उ, एउटा, क्यान्सिल गरिसकेको छ, भइहाल्यो नि भने, हिसाबले, गरियो, तर क्यान्सिल त, नियत खराब गरेर गरेको, भन्ने, आयो, नि त, उजुरी । त्यो पनि, सर्टिफिकेट नै नपुगेको मान्छेलाई क्वालिफाइड गरेर ठेक्का दियो, के एक्सपेरियन्स भनेपछि हेर्नुपर्छ, के, त्यस्तो चिजमा हामीले । अब, त्यो हामी पैसा-पैसा-पैसामा मात्र भन्ने हेर्ने होइन, देशको पनि अलि माया गर्नुपर्छ के हामीले
प्रदीप अधिकारी ः त्यो क्यान्सिल गर्दा म छैन, मैले गरेको पनि होइन, हैन?
सुमित्रा ः त्यही त, हैन, त्यो गर्नेहरूलाई त, अब, लगाउनुपर्यो नि। गर्नेहरूलाई किन छोड्ने ? अब, सिरियसली हेर्नुपर्छ, भनेर, मै लागेकाे छु । म त ओपन मान्छे हो, हैन ? कसैले केही भन्नु अगाडि, पहिले आफैँ, फलानो तिमीमाथि म अट्याक गर्दै छु है, भनेर, भन्ने मान्छे, म अगाडिबाटै हो।
डा. सुमित्रा अमात्य: अब, त्यो त, हेर्नुपर्यो, त्यस्तो केसमा त सिरियस, त्यो, त्यो, त्यो, भनेको, दूर-दराजको मुस्ताङ, हुम्लाको जस्तो एक्सेस छैन, जसमा पहुँच छैन, अनि तिनीहरूलाई मात्र कारबाही गरेर बस्ने हामी ? भन्ने चाहिँ, लाग्छ है, मलाई चाहिँ।
प्रदीप अधिकारी : दिदी नै लागिदिनु भएको ?
सुमित्रा : के?
डा. सुमित्रा अमात्य: यो केसमा चाहिँ हजुरले लागदिनु भएको भनेको।
सुमित्रा : के दिएको ?
प्रदीप अधिकारी ः यो केसमा चाहिँ दिदी आफैँ दिदी लागिदिनु भएको ?
प्रदीप अधिकारी: होइन होइन, उ उ आएपछि, त्यो आएपछि त त्यो त्यो ५०% ठेक्का क्यान्सिल गरेर फेरि अर्को पटक फेरि ठेक्का लगाए, अझ पहिलेको रेटभन्दा बढी लगाएर ठेक्का भन्छ, त्यसको म्याटर बन्छ। त्यो पनि थोरै पैसाको हो र ? सानोतिनो पैसा भए त आँखा चिम्लिन्छु म, दुई-चार लाखको १०-१५ लाखको कुरै हेर्दैन भन्छु म त। बिचरा गाउँको हो अरू त। बेलुका भत्ता दिए जस्तो गरी बाँडेको सम्झेर भने पनि हुन्छ हामीले। अनि यसमा चाहिँ उठाऊ भन्या भनेको थिएँ मैले, उ त्यो खेर त के हो, को कम्तीमा उ त कागजपत्र त माग्न भनेको हो मैले । के रहेछ त ? हामी त बुझ्न त हामी मिलीजुली गरेर दिदी-भाइ भन्या छ कि के भन्या छ, तातो न छारो के के न खाए जस्तो गरिकन किन बचाउनुपर्ने छर भनेँ । त्यतिखेर हो हामीसँगै उठेको पनि मलाई भन्दै त आरोप आइसकेको थियो, तिम्रो आफ्नै दिदी भन्छ नि हो, उमेरले भाइ नै हो, दिदी-भाइ नै हो हामी। खान्छौँ पनि, तर के यसको मामिलामा हामी सिरियाली छौँ फेरि अहिले। व्यक्तिगतमा चाहिँ म सपोर्ट गर्छु सँगैलाई, पर्सनल इस्यूमा मलाई सपोर्ट गर्छु, कामको हिसाबले त हामीले… जे छ, त्यही छ, त्यतातिर राख्नुपर्यो। त्यो त सिरियस छ । एक्च्युली के हो, एकचाेटी केटाहरूसँग बुझ्नु न ।
प्रदीप अधिकारी: म बुझ्छु के रहेछ, त्यस्तो, त्यस्तो सिरियस त…
डा. सुमित्रा अमात्य: पर्सनल ली त, आई सपोर्ट यु, फुल्ली, हेर बाबु है, भन्दिन्छु, म । व्यक्तिगतमा नजाऊ है, व्यक्तिगतमा नजाऊ, काम गल्ती गर्यो भने, म केही पनि बोल्दिन, उनीहरूको उसमा, मलाई भोलि पनि चाहिने केटाहरू, आज पनि चाहिन्छ, हिजो पनि चाहिनेकै थियो,
प्रदीप अधिकारी ः हैन, त्यहाँ, उसले पनि, अब, तिमीलाई चाहिँ, अब, जे भए पनि, दिदी, भन्छ, तिमी गर्छौ, तर सबैभन्दा बढी चाहिँ, तिमीलाई यो गर्नुपर्छ, भनेर चाहिँ, त्यहाँ, आवाज उठाउने, तिम्रो दिदी हो, भनेर चाहिँ, भन्छन् ।
सुमित्रा ः मलाई चाहिँ, होइन, अनि, किन, किन, त्यो, उनीलाई गर्ने, त्यहाँ, उनी, त्यो, संस्थालाई हो, संस्थाको हेड अहिले कुनै बेला, अहिले, उ, होला, कुनै बेला, को थिए, हैन, कोही, को थिए, संस्थासँग त, व्यक्तिको, त, छँदै छ नि, व्यक्तिको रिसमा सबभन्दा, मैले, सपोर्ट गर्ने, त्यो, अस्ति, पर्सनल इस्यूमा त, हेर्ने, हुँदैन है, सो, गर्ने, हुँदैन, भनेर, सबभन्दा स्ट्रङली, कसैले भन्छ, भने, मैले, हो। अब, त्यसमा, चाहिँ, यो, यो, यो, हिसाबमा, यो, केसमा चाहिँ, हामीले, यसरी छोड्दै गयो भने, अब, ठुला-ठूला केसमा, हामी चुप लगाएर, बस्दिने, अनि सानो-सानोमा मुद्दा लग्यो भने त त्यो, पच्दैन नि, त्यसरी त। त्यस्तो त, न्यायोचित, भएन नि, हैन?
प्रदीप अधिकारी: त्यसैले, हेरौँ न, के भएको रहेछ, अब, त्यो, उ, त्यस्तो सिधा छैन, भनेर, गइहाल्छ, तर, उ, त्यो, त्यो, आएपछि, त्यस्तो, यस्तो, छ, किटानीका साथ, कसले, के, के, भने, दिएपछि, त, हामीले, अलि सिरियाली हेर्नै पर्छ, नि। नत्र भोली आक्षेप आउँछ।
प्रदीप अधिकारी ः अनि, अस्ति, अस्ति, त्यहाँ, दिदीले किताब ल्या पछि फोन गर्नुभएको थियो, म, यता, एकदम इयुमा बिजी भएँ दिदी हैन ? अँ, आउँछु भन्दा भन्दै , त्यहाँ, र, अगाडि, आउँछु
सुमित्रा ः ठिक छ, ठिक छ केही, फरक, परेन । आउनु त, पर्दैन । र, त्यो, बिजी, त्यो, काम, राम्रोसँग गरिदिए पुग्छ मलाइ ।
प्रदीप अधिकारी ः त्यो त ठिक छ दिदीले म बाट त्याे खोजेको पनि होइन । गर्या पनि होइन म बुझ्छु नि दिदी । म त्यस्तो तलको मान्छे पनि होइन म सोच्दा पनि सोच्दिनँ । मैले, त, अब, अस्ति, आफ्नो, आफ्नो, मायाले, सम्मानले, गर्ने, कुरा, हो, हैन ?
सुमित्रा ः हो नि।
प्रदीप अधिकारी: त्यो, मलाई, त्यो, हजुरको, मलाई, यो, गरे, पनि, हैन, केही, पनि, हैन, नि। त्यो, अस्ति, पनि, मैले, त्यो, अब, सकेको, १५-२०, वटा, मिलाएर, गरेकै, हो, अब, म, यहाँ मिलाएर गर्दै छु, आउँछु, म, बिस्तारै। उता, जानुभन्दा, अगाडि, म, भेट्छु, नि, हजुरलाई।
डा. सुमित्रा अमात्य: अँ, ठिक, छ, तर, काम, चाहिँ, नि, अलि, राम्रोसँग, गर्दिने, के, त्यही, नै, हो।
प्रदीप अधिकारी: अँ, हुन्छ, दिदी, हुन्छ, म, फेरि, यो, अहिले, बिचमा, चाहिँ, यो, इयुकाे , निकाल्दिन लागेँ । यो, कालोसूचीमा, निस्क्यो, भने, त, त्यो, ठुलो, उपलब्धि भयाेनी । नयाँ, प्रोजेक्ट, पनि, छैन, नराखेको, पनि, छैन, के, प्रोजेक्ट, अब, अहिले, अब, भयो, पुग्यो, अब, यही, लाइफ, सिद्ध्याउने, त्यति, लगाउने, अहिले, व्यवस्था, नलाग्ने ।
सुमित्रा अमात्य । अँ त्यस, कसरी, चलाउने, भन्ने, अनि, स्मार्ट, आइडिया, लगाउने, स्मार्ट, पिपलहरू, स्मार्ट, आइडिया, ल्याउँछन्, नि।
डा. सुमित्रा अमात्य: हैन, अब, स्मार्ट, पिपल,हरू, स्मार्ट, आइडिया, ल्याउनुपर्छ, नि, हैन?
प्रदीप अधिकारी : त्यही, त, अहिले, पहिले, चाहिँ, यो, हजुरको, यो, सेप्टीको, सेप्टी, स्लट, हटाइदियो, भने, त, हैन? एउटा-एउटा, अचीभमेन्ट, भन्छौ, कन्ट्री,लाई, त।
डा. सुमित्रा अमात्य: हो, हो, हो, हो, त्यो, त, त्यो, त, माइल स्टोन, नै, हुन्छ, नि।
प्रदीप अधिकारी: अब, यो, महिना, भित्र जान्छ होला ।
सुमित्रा ः मेरो तर्फबाट अल दि वेस्ट ।
प्रदीप अधिकारी ः थ्यांक यु दिदी , नमस्कार ।
सुन्नुहाेस् अडियाे ।