
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक कैलाश खड्का पक्राउ परेका छन् ।
वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट खडा गरेको र कामदारसँग बढी रकम असुलेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार उनलाई पक्राउ गरेको हो ।
मलेसियामा रोजगारीका लागि जाने नेपाली कामदारमाथि आर्थिक भार थपिने गरी बढी रकम असुलेर सिन्डिकेट सञ्चालन गरेको आरोपमा ब्यूरोले खड्कामाथि अनुसन्धान गरिरहेको थियो ।
सीआईबीले खड्कासहित अन्य मेडिकल व्यवसायीमाथि समेत अनुसन्धान अघि बढाएको जनाएको छ ।