विमानमा चरा ठोक्किएपछि केही समय बन्द रहेको त्रिभुवन विमानस्थल पुनः सुचारु

दियोपोस्ट संवाददाता

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुचारु भएको छ । टर्किस एयरलाइन्सको विमानमा चरा ठोक्किएपछि केही समय बन्द रहेको विमानस्थल अहिले बिहान करिब ७ बजेबाटै सुचारु भएको हो ।

बुधबार बिहान ६ः२० बजे टर्कीको स्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमानमा अवतरण गर्ने क्रममा चरा ठोक्किएको छ । विमानमा चरा ठोक्किएपछि केही समय उडान स्थगित भएको थियो । केही समय विमानको उडान र अवतरण नै स्थगित भएको थियो ।

त्रिभुवन विमानस्थलका सूचना अधिकारी यज्ञ प्रसाद न्यौपानेका अनुसार टर्किस एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा चरा ठोक्किएको थियो ।

चरा ठोक्किए पनि विमानमा सामान्य क्षति मात्रै भएको छ । विमानको ल्यान्डिङ गियरसँगै रहेको एउटा बत्तीमा मात्रै क्षति पुगेको थियो ।

केही समय उडान स्थगित भए पनि बिहान ७ बजेबाट नै विमानस्थल पूर्णरुपमा सुचारु भइसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस