नेपाल सरकारका सबै साइट डाउन

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल सरकारका सबै वेभपेज डाउन भएको छ । नेपाल सरकार मातहतका वेभपेजहरुको सर्भरमा समस्या देखिएपछि डट जिओभी डट एनपीका सबै साइट डाउन भएको हो ।

बिहीबार अपराह्न १:२० बजे अर्थात् यो समाचार तयार पार्दासम्मको समयमा नेपाल सरकारका सबै डोमेनहरू डाउन भएका छन् । डट जिओभी डट एनपीका सबै पेजहरूमा समस्या देखिएको हो ।

नेपाल सरकार मातहतका सबै वेभपेजहरु गभर्मेन्ट इन्टीग्रेटेड डाटा सेन्टर अर्थात् जीआईडीसीको सर्भरमा होस्ट गरिएको हुन्छ । तर जीआईडीसीकै सर्भरमा समस्या भएपछि नेपाल सरकारका कुनै पनि वेभ पोर्टल खुलेको छैन ।

जीआईडीसीका एक कर्मचारीका अनुसार बिहीबार बिहानबाट नेपाल सरकारका वेभ पेजहरूमा समस्या देखिएको छ । यो समस्या समाधान हुन कति समय लाग्छ भन्ने पनि यकिन नभएको ती कर्मचारीले बताए ।

ती कर्मचारीका अनुसार कहिलेकाहीँ यस्ता समस्याहरू आइरहन्छन् र कहिलेकाहीँ आफै ठिक हुने तथा कहिलेकाहीँ मर्मत गर्नुपर्ने पनि हुने गरेको छ ।

सम्बन्धित खबर

सिफारिस