नेपालगञ्ज उपमहानगरपालिकाका उत्कृष्ट कृषकलाई कृषियन्त्र प्रदान

दियो पोस्ट  

नेपालगञ्ज, १९ भदौ (रासस) : नेपालगञ्ज उपमहानगरपालिकाका उत्कृष्ट कृषकलाई कृषियन्त्र उपलब्ध गराइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका कृषि शाखाले मागमा आधारित कार्यक्रममा ५० प्रतिशत अनुदानअन्तर्गत नगरका कृषि फार्मलाई कृषियन्त्र हस्तान्तरण गरिएको हो ।

मागमा आधारित कार्यक्रमअन्तर्गत नेपालगञ्ज–१६ का मोहम्मद असलम राई र वडा नं २२ का गोपीप्रसाद यादवलाई रु २५÷२५ हजारको पम्पसेट र नेपालगञ्ज १६ स्थित नयाँ नेपाल स्यालो ट्युबवेलका गुलाम रसुल कवडियालाई रु एक लाख ८५ हजार बराबरको धानको थे्रसर, पम्पसेट तथा पानी तान्ने मोटर उपलब्ध गराइएको छ ।

यस्तै नेपालगञ्ज–२० कप्तान कृषि फार्मका रमेश सिटौलालाई रु ५१ हजार बराबरको पम्पसेट र पानी तान्ने मोटर उपलब्ध गराइएको छ । आज यहाँ आयोजित समारोहमा नगरप्रमुख डा धवलशम्शेर राणाले कृषियन्त्र हस्तान्त्ररण गर्दै प्रविधि प्रयोगले कृषि उत्पान वृद्धिसँगै व्यावसायिक कृषि प्रणालीलाई टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।