नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का पाइलटहरू नियमित उडानमा फर्किएका छन्।
गत बिहीबारदेखि सेवा सुविधाको माग गर्दै उनीहरूुबिरामी परेकोु वा अपर्झट भैपरी काम आइपरेको जनाउँदै हड्तालमा थिए।
जसकारण निगमको अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको थियो। मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले मन्त्रालयमा पाइलटहरूसँग वार्ता गरेका हुन्। जसमा आन्दोलनरत पाँच जना पाइलट उपस्थित थिए।
उनकाअनुसार सेवासुविधाका बारेमा निगमका पाइलटहरूले उठाएका विषयलाई वैज्ञानिक आधारमा सम्बोधन गर्ने प्रतिबद्धता मन्त्रालयको तर्फबाट भएपछि पाइलटहरू काममा फर्किएका हुन् ।