शहिद स्मारक ए डिभिजन लिगः थ्रिस्टारलाई हराउँदै मनाङ शीर्ष स्थानमा

diyopost.com
Diyo post  बिहिबार, मंसिर ०६, २०७५ | १७:३४:१७

काठमाडौँ, मंसिर ६ । चिरप्रतिद्धन्द्धी थ्रिस्टार क्लवलाई हराउँदै मनाङ मस्र्याङदी क्लव सहिद स्मारक ए डिभिजन लिगको शिर्ष स्थानमा पुगेको छ । सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा मनाङले थ्रिस्टारलाई २–१ ले हराएको हो ।

मनाङका लागि अञ्जन विष्ट र आडीजेलेले गोल गरे । ८२ औं मिनेटमा थ्रिस्टारका लागि रञ्जित धिमालले पेनाल्टीमार्फत गोल गरेपनि टिमको हार टार्न सकेनन् । जितपछि मनाङ तीन खेलबाट नौ अंकका साथ शिर्ष स्थानमा छ भने थ्रिस्टारको ६ अंक छ ।

यसअघि आज भएको पहिलो खेलमा च्यासलले न्युरोड टिम एनआरटी लाई ५–१ गोलले हरायो । च्यासलका लागि अमिर श्रेष्ठ र बिमल घर्तिमगरले दुई ÷दुई तथा सन्तोष साहुखलले एक गोल गरे । एनआरटीका लागि खेलको अन्तिम समयमा विदेशी खेलाडी मोसुद अब्बोलाले सान्त्वना गोल गरे । जितपछि च्यासलले ३ खेलबाट ४ अंक बनाएको छ भने एनआरटीको एक अंकमात्र छ ।

सम्बन्धित खबर