बैंकिङ कार्यलय काठमाडौंमा हुने सबै काम अब बालुवाटार परिसरबाट हुने

diyopost.com
Diyo post  शनिबार, मंसिर १५, २०७५ | १६:२७:२८

काठमाडांै, मंसिर १५ । मुद्रा व्यवस्थापन विभाग र बैंकिङ कार्यलय काठमाडौंमा हुने सबै काम अब बालुवाटार परिसरबाट हुने भएको छ ।

यसअघि थापाथलिको सिंहमहल परिसरमा हुँदै आएको काम नयाँ भवन निर्माण भएसँगै केन्द्रीय कार्यलय बालुवाटानरबाट गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै आज अमेरिकी डलरको भाउ घटेको छ ।

आज १ अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ५ पैसा र विक्रिदर १११ रुपैयाँ ६५ पैसा कायम भई कारोबार भएको छ । हिजो १ अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ४५ पैसा र विक्रिदर ११२ रुपैयाँ ५ पैसा तोकिएको थियो । अमेरिकी डलरसँगै अन्य विदेशी विनिमयदरको भाउ पनि घटेको छ । केही समयअघि १ अमेरिकी डलरको मूल्य १ सय १८ रुपैयाँ नाघेको थियो ।

सम्बन्धित खबर