‘पर्यटनको माध्यमबाट देशको विकास हुन्छ’ ; मुख्यमन्त्री गुरुङ

दियो पोस्ट  

लमजुङ, १० पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटनको माध्यमबाट देशको विकास हुने बताए।

सार्क राष्ट्रको नमूना गाउँका रुपमा चिनिएको पर्यटकीय गाउँ घलेगाउँलाई नेपालकैे पहिले स्मार्ट भिलेजका रुपमा आज शुभारम्भ गर्र्दै उहाँले अबका पाँच वर्षमा २५ लाख पर्यटकको सङ्ख्या पु¥याउने प्रदेश सरकारको योजना रहेको बताए । उनले बताए, “गण्डकी प्रदेशका प्रत्येक गाउँमा अब पर्यटक पु¥याउनुपर्छ, पर्यटकको माध्यमबाट गाउँ हुँदै देशको विकास हुन्छ ।”

कार्यक्रममा प्रदेशसभा सदस्य मायानाथ अधिकारी, आशा कोइराला खनाल एवं विधान समितिका सभापति नारायण रेग्मी लगायतको उपस्थिति रहेका थियो । समुद्री सतहदेखि करीब दुई हजार १०० मिटर उचाइको घलेगाउँमा २०५७ सालबाट पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित घरवास सञ्चालनमा ल्याइएको थियो ।

त्यसपछि स्थानीयवासीले हरेक वर्ष महोत्सवको आयोजना गर्दै आएका छन् । करीब १२० घर रहेको गाउँमा अहिले ३२ घरमा घरवास सञ्चालन भएको छ । पर्यटकीय सेवासुविधा, स्थानीय कलासंस्कृतिको प्रवद्र्धन तथा गतिविधि, घरवास कार्यक्रममा समुदायको संलग्नताले स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा घलेगाउँ पर्ने गरेको छ ।

TATA ADD

सिफारिस