
जिल्ला प्रशासन कार्यालय नुवाकोटका सूचना अधिकारी कृष्ण प्रसाद हुमागाईकाअनुसार पाँच जनाको शव भेटिएको छ । मृत्युहुनेमा चार जना चिनियाँ नागिरक रहेका छन भने चालक नेपाली रहेका छन। हेलिकप्टरमा सवार चिनियाँ पर्यटकमा जुदाड टाङ्, जी लि, यियाद वु, जेमिङ सी र क्याप्टेन अरुण मल्ल रहेका छन । यि मध्य यियाद वु –महिला हुन भने बाकी सबै पुरूष रहेका छन । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको छ ।
अधिकारी कृष्ण प्रसाद हुमागाईकाअनुसार ‘हेलिकप्टर उडान गरेको ३ मिनेटपछि काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भई नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्याचौर भन्ने स्थानमा दुर्घटनामा परेको पुष्टि भएको छ।’