प्रेस काउन्सिल अध्यक्ष बस्नेतको फोन,‘ओ भाई तिमीले मेरो बारेमा के न्युज लेखेको ?’

दियो पोस्ट  

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले दियोपोस्टमा प्रकाशित समाचारलाई लिएर धम्कीपूर्ण अभिव्यक्ति दिएका छन् ।

शनिबार दियोपोस्ट डटकममा ‘प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले ‘किर्ते कागजात’ पेश गरेर नियुक्ती पाएको खुलाशा’ शिर्षकमा प्रकाशित समाचारलाई लिएर दियोपोस्टका प्रधानसम्पादक सुदीप विश्वकर्माको मोबाइल नम्बरमा फोन गर्दै उनले ‘के समाचार लेखेको मेरो विषयमा भन्दै’ प्रश्न गरेका छन् ।

 

‘ओ भाई तिमीले मेरो बारेमा के न्युज लेखेको भन त ?’ बस्नेतले यसो भनेपछि विश्वकर्माले,‘न्युज पढ्नु भएन र ? नपढी कसरी फोन गर्नु भयो’ भन्ने प्रश्न गरेका थिए ।
जवाफमा बस्नेतले ‘मेरो फेसबुक हेर्या छ तिमीले ? त्यहाँ सबै प्रमाण छ । त्यो राख्छौँ की राख्दैनौँ ?’ भन्ने प्रश्न गरेका थिए ।

‘फेसबुक खोलेर हेर्ने होइन तपाईंले स्पष्टिकरण र प्रमाण भए दियोपोस्टलाई पठाउनुस्’ भन्ने जवाफ दिएपछि उनले फोन काटेका थिए ।

यस्तो थियो समाचार

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले ‘किर्ते कागजात’ पेश गरेर नियुक्ति पाएको खुलाशा !