काठमाडौं । प्रेस काउन्सिल नेपालले दियोपोस्ट डटकममा प्रकाशित अन्तरङ्ग साप्ताहिकका सम्पादक तथा प्रकाशक नवराज पहाडीको अन्तर्वार्तालाई सुनियोजित भएको आरोप लगाएको छ । लम्जुङका पुराना पत्रकार पहाडीले प्रेस काउन्सिलमा पत्रपत्रिका वर्गिकरणको नाममा घुस माग्ने गरिएको र आफैसँग काउन्सिलका कर्मचारीले घुस मागेको आरोप लगाउँदै अन्तर्वार्ता दिएका थिए ।
उक्त सामग्रीलाई तथ्यहिन, तथ्यबेगर र सुनियोजित भनि आरोप लगाइएको छ । त्यतिमात्रै होइन सम्बन्धितको प्रतिक्रिया समेत नलिएको काउन्सिलको आरोप छ । जबकी अन्तर्वार्तामा सामान्यतया अन्तर्वार्ता दिने व्यक्तिको भनाईलाई मात्रै प्राथामिकता दिने प्रचलन छ । काउन्सिलले पत्र पत्रिका वर्गिकरणमा व्यापक अनियमितता गरेको विषयमा उनले गुनासो गरेका थिए ।
अन्तरङ्ग साप्ताहिकका सम्पादक नवराज पहाडीसँग वार्ता : ‘प्रेस काउन्सिलमा पनि घुस चल्दो रहेछ’