काठमाडौं । प्रेस काउन्सिल नेपालले दियोपोस्ट डटकमलाई विशेष अनुगमन राख्नु सामान्य प्रक्रिया रहेको काउन्सिलका सुचना अधिकारी रामशरण बोहोराले बताएका छन् । दियोपोस्टलाई उपलब्ध गराएको सुचनामा दुई वटा उजुरीलाई आधार मानिएको छ । जसमा सिन्धुपाल्चोकस्थित सुकुटे बिचले हडपेको सार्वजनिक जग्गाबारे दियोपोस्टले समाचार प्रकाशन गरेको एउटा उजुरी र पर्यटन मन्त्री बद्रि बहादुर पाण्डेका लागि नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीले घुस उठाएको विषयमा प्रकाशित समाचारबारेको उजुरी देखिन्छन् ।
२०८१ कार्तिक २३ गते प्रकाशित विशेष अनुगमन गर्ने उक्त सुचना प्रेस काउन्सिलले जारी गरेको उजुरी तथा कारबाहीसम्बन्धी कार्यविधि २०८० अनुसार रहेको काउन्सिलको जोड छ । उक्त सामान्य अनुगमन प्रक्रियाबारे एक व्यापारीमा भने असामान्य खुसीयाली देखिएको छ । सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकामा सार्वजनिक जग्गा अतिक्रमण गरेर अवैध संरचना बनाएको ठहर गर्दै हटाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशनको पत्रसहित प्रकाशित समाचार दियोपोस्टले प्रकाशन गरेको थियो ।
सोही समाचारको विषयमा काउन्सिलमा उजुरी परेको समेत सुचना अधिकारी बोहोराले बताएका छन् । तर, सार्वजनिक जग्गा अतिक्रमण गर्ने सुकुटे बिच रिसोर्टका मालिक महेन्द्र थापाले दियोपोस्टलाई आफूले लात हानेको भन्दै प्रेस काउन्सिलको सुचना आफू समेत सम्बद्ध रहेको सामाजिक सञ्जालको ग्रुपमा पठाएको सन्देश दियोपोस्टलाई प्राप्त भएको छ ।
प्रेस काउन्सिलमा सुकुटे विचकै सम्बन्धमा उजुरी पर्नु र सोही रिसोर्टका मालिकले दियोपोस्टलाई कारबाही गरियो भन्नुले श्याल कराउनु र कुखुरा हराउनु भनिएजस्तै भएको छ । प्रेस काउन्सिल जस्तो गरिमामयी संस्थाले गरेको नियमित अनुगमनलाई आफूले काराबही गरेको भनि थापाले सामाजिक संजालमा खुसियाली मनाउनुले काउन्सिलकै गरिमामाथि समेत प्रश्न उठेको छ ।
उनले सामाजिक संजालमा संलग्न व्यावसायीहरुको समुहमा प्रेस काउन्सिलको विशेष अनुगमन सम्बन्धी सुचना राख्दै लेखेका छन्, ‘दियोपोस्ट बुलसिट पत्रकारलाई लात हानियो ।’
सरकारी जग्गा हडप्ने सुकुटे विचलाई सिन्धुपाल्चोकको सिडिओको संरक्षण, अख्तियारकै निर्देशन अवज्ञा !
सुकुटे विच रिसोर्ट हटाउने दिन आएपछि सिन्धुपाल्चोकका सिडिओ कार्यालय छाडेर फरार !